आइपिएल रेकर्ड्स : यी खेलाडी जसले जिते पर्पल क्याप 

खरीबोट

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मार्च २३ देखि सुरु हुदै छ । 

टी-२० लिग मध्ये विश्वकै ठुलो र चर्चित लिग आइपिएलमा अहिलेसम्म ११ संस्करण सकिएका छन् भने यस पटक १२औ संस्करण हुदै छ । यस रिपोर्टमा हामीले ११औ संस्करण सम्म हरेक संस्करणमा धेरै विकेट लिएर पर्पल क्याप जित्ने खेलाडीको बारेमा जानकारी दिदै छौ ।

सन् २००८ मा आइपिएलको पहिलो सिजनमा राजस्थान रोयल्सबाट खेल्दै पाकिस्तानी खेलाडी सोहेल तनभिरले पर्पल क्याप जितेका थिए । तनभिरले ११ खेलमा २२ विकेट लिदै प्रतियोगितामा धेरै विकेट लिएका थिए ।

सन् २००९ मा दोस्रो सिजनमा भारतका बलर आरपी सिंहले पर्पल क्याप जितेका थिए । डेक्कन चार्जरबाट खेल्दै सिंहले प्रतियोगितामा १६ खेलाम २३ विकेट लिएका थिए ।

सन् २०१० मा तेस्रो आइपिएलमा भारतकै प्रज्ञान ओझाले पर्पल क्याप जितेका थिए । डेक्कन चार्जरबाट खेल्दै प्रज्ञानले १६ खेलमा २१ विकेट लिदै पर्पल क्याप जितेका थिए ।

सन् २०११ मा श्रीलंकाका लातिस मालिंगाले पर्पल क्याप जितेका थिए । मालिंगाले मुम्बई इण्डियन्सबाट खेल्दै १६ खेलमा कुल २८ विकेट लिदै पर्पल क्याप जितेका थिए । मालिंगा आइपिएलको इतिहासमा अहिलेसम्म एक सिजनमा दोस्रो धेरै विकेट लिने खेलाडी पनि हुन् 

सन् २०१२ मा दक्षिण अफ्रिकाका बलर मोर्ने मोर्केलले धेरै विकेट लिदै आइपिएलको पर्पल क्याप जितेका थिए । दिल्ली डेयर डेभिल्सबाट खेल्दै मोर्केलले १६ खेलमा २५ विकेट लिएका थिए ।

सन् २०१३ मा वेस्टइन्डिजका डवाने ब्राभोले पर्पल क्याप जितेका थिए । चेन्नई सुपर किंग्सबाट खेल्दै ब्राभोले १८ खेलमा ३२ विकेट लिएका थिए । ब्राभो आइपिएलको इतिहासमा अहिलेसम्म एक सिजनमा धेरै विकेट लिने खेलाडी समेत हुन् ।

सन् २०१४ मा भारतका बलर मोहित शर्माले पर्पल क्याप जितेका थिए । चेन्नई सुपर किंग्सबाट खेल्दै मोहितले १६ खेलमा २३ विकेट लिदै पर्पल क्याप जितेका थिए ।

सन् २०१५ वेस्टइन्डिजका डवाने ब्राभोले पर्पल क्याप जितेका थिए । चेन्नई सुपर किंग्सबाट खेल्दै ब्राभोले १६ खेलमा २४ विकेट लिदै पर्पल क्याप जितेका थिए । आइपिएलको इतिहासमा दुई पटक पर्पल क्याप जित्ने ब्राभो दोस्रो खेलाडी हुन् ।

त्यस्तै सन् २०१६ र २०१७ मा भारतीय बलर भुवनेश्वर कुमारले लगातार दुई बर्ष पर्पल क्याप जितेका थिए । भुवनेश्वरले सनराइजर्स हैदरवादबाट खेल्दै २०१६ मा १७ खेलमा २३ र २०१७ मा १४ खेलमा २६ विकेट लिदै पर्पल क्याप जितेका थिए ।

त्यस्तै २०१८ मा अस्ट्रेलियाका आन्ड्रेउ टायले पर्पल क्याप जितेका थिए । टायले किंग्स इलेभेन पंजावबाट आइपिएल खेल्दै १४ खेलमा २४ विकेट लिएका थिए ।
    

सम्बन्धित समाचार

धोनीको तुफानी ब्याटिंगका बाबजुत बैंगलोर एक रनले विजयी

काठमाडौँ । आइपिएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले चेन्नईमाथि एक रनको सनसनीपूर्ण जित निकालेको हो । बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नई

वार्नर र बैरस्ट्रवको उत्कृष्ट ब्याटिंगपछि सनराइजर्स विजयी 

काठमाडौँ । आइपिएल अन्तर्गत सनराइजर्स हैदरावादले कोलकोता नाइटराइडर्सलाई  ९ विकेटले पराजित गरेको छ । कोलकोताले दिएको १६० रनको लक्ष्य पछाएको सनराइजर्सले १५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सनराइजर्सका

आन्द्रे रसेललाई रोक्दा सनराइजर्सले पायो १६० रनको लक्ष्य 

काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई १६० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै १६० रन बनाएको हो । कोलकोताका लागि

पंजावविरुद्ध दिल्लीको महत्वपूर्ण जित, सन्दीप बने स्टाइलिस खेलाडी 

काठमाडौँ । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पंजावलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले पंजावलाई ५ विकेटले पराजित गरेको हो । पंजावले दिएको १६४ रनको लक्ष्य पछाएको दिल्लीले


z