• २०८१ बैशाख ६ बिहीबार

आइपिएल रेकर्ड्स : यी खेलाडी जसले जिते पर्पल क्याप 

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मार्च २३ देखि सुरु हुदै छ । 

टी-२० लिग मध्ये विश्वकै ठुलो र चर्चित लिग आइपिएलमा अहिलेसम्म ११ संस्करण सकिएका छन् भने यस पटक १२औ संस्करण हुदै छ । यस रिपोर्टमा हामीले ११औ संस्करण सम्म हरेक संस्करणमा धेरै विकेट लिएर पर्पल क्याप जित्ने खेलाडीको बारेमा जानकारी दिदै छौ ।

सन् २००८ मा आइपिएलको पहिलो सिजनमा राजस्थान रोयल्सबाट खेल्दै पाकिस्तानी खेलाडी सोहेल तनभिरले पर्पल क्याप जितेका थिए । तनभिरले ११ खेलमा २२ विकेट लिदै प्रतियोगितामा धेरै विकेट लिएका थिए ।

सन् २००९ मा दोस्रो सिजनमा भारतका बलर आरपी सिंहले पर्पल क्याप जितेका थिए । डेक्कन चार्जरबाट खेल्दै सिंहले प्रतियोगितामा १६ खेलाम २३ विकेट लिएका थिए ।

सन् २०१० मा तेस्रो आइपिएलमा भारतकै प्रज्ञान ओझाले पर्पल क्याप जितेका थिए । डेक्कन चार्जरबाट खेल्दै प्रज्ञानले १६ खेलमा २१ विकेट लिदै पर्पल क्याप जितेका थिए ।

सन् २०११ मा श्रीलंकाका लातिस मालिंगाले पर्पल क्याप जितेका थिए । मालिंगाले मुम्बई इण्डियन्सबाट खेल्दै १६ खेलमा कुल २८ विकेट लिदै पर्पल क्याप जितेका थिए । मालिंगा आइपिएलको इतिहासमा अहिलेसम्म एक सिजनमा दोस्रो धेरै विकेट लिने खेलाडी पनि हुन् 

सन् २०१२ मा दक्षिण अफ्रिकाका बलर मोर्ने मोर्केलले धेरै विकेट लिदै आइपिएलको पर्पल क्याप जितेका थिए । दिल्ली डेयर डेभिल्सबाट खेल्दै मोर्केलले १६ खेलमा २५ विकेट लिएका थिए ।

सन् २०१३ मा वेस्टइन्डिजका डवाने ब्राभोले पर्पल क्याप जितेका थिए । चेन्नई सुपर किंग्सबाट खेल्दै ब्राभोले १८ खेलमा ३२ विकेट लिएका थिए । ब्राभो आइपिएलको इतिहासमा अहिलेसम्म एक सिजनमा धेरै विकेट लिने खेलाडी समेत हुन् ।

सन् २०१४ मा भारतका बलर मोहित शर्माले पर्पल क्याप जितेका थिए । चेन्नई सुपर किंग्सबाट खेल्दै मोहितले १६ खेलमा २३ विकेट लिदै पर्पल क्याप जितेका थिए ।

सन् २०१५ वेस्टइन्डिजका डवाने ब्राभोले पर्पल क्याप जितेका थिए । चेन्नई सुपर किंग्सबाट खेल्दै ब्राभोले १६ खेलमा २४ विकेट लिदै पर्पल क्याप जितेका थिए । आइपिएलको इतिहासमा दुई पटक पर्पल क्याप जित्ने ब्राभो दोस्रो खेलाडी हुन् ।

त्यस्तै सन् २०१६ र २०१७ मा भारतीय बलर भुवनेश्वर कुमारले लगातार दुई बर्ष पर्पल क्याप जितेका थिए । भुवनेश्वरले सनराइजर्स हैदरवादबाट खेल्दै २०१६ मा १७ खेलमा २३ र २०१७ मा १४ खेलमा २६ विकेट लिदै पर्पल क्याप जितेका थिए ।

त्यस्तै २०१८ मा अस्ट्रेलियाका आन्ड्रेउ टायले पर्पल क्याप जितेका थिए । टायले किंग्स इलेभेन पंजावबाट आइपिएल खेल्दै १४ खेलमा २४ विकेट लिएका थिए ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै