• २०८१ बैशाख ७ शुक्रबार

यौन जीवनलाई सुखमय बनाउन अपनाउनुहोस् यस्तो उपाय ! 

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौं । चरम आनन्दको महसूस गर्ने महिलाको संख्या निकै कम रहेको धेरै अध्ययनले देखाएको छ । कतिपयले त चरम आनन्द भनेको के हो समेत थाहा पाएका छैनन् । उनीहरुको सन्तुष्टिको मात्रा निकै कम हुनु नै यसको कारण हो । 

यदि आफ्नी पत्नी अथवा जोडीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम अर्थात् चरम आनन्द महसूस गराउन सहयोग गर्नुहोस् । केही तरिका यसप्रकार छन् जसले तपाईंलाई सहयोग गर्न सक्छन् : 

फोरप्ले 

चरम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौनसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चुम्बन गर्ने आदि क्रियाकलापले महिलालाई उत्तेजित बनाउन सकिन्छ । विशेषगरी, फोरप्लेले महिलालाई उत्तेजित गर्दछ जसका कारण योनिमा तरल पदार्थ आउनुका साथै योनि खुल्न पनि सहयोग गर्दछ । यसले यौन क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । 

क्लिटरिस प्ले :

चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् योनिको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले योनिलाई चलाउनु अथवा मुखमैथुन गर्नाले महिलाहरु उत्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ । 

यौनसम्बन्धी कुराकानी :

कतिपय जोडी यौनसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौनसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौन आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ । 

सुरक्षित सम्बन्ध :

यौन कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् । यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै