• २०८१ बैशाख ८ शनिबार

रियालिटी शो नेपाल लोक स्टारको बजार प्रवर्धन एड प्याडले गर्ने 

kharibot

काठमाडौँ । नयाँ रियालिटी शो नेपाल लोक स्टारको बजार प्रवर्धन एड प्याडले गर्ने सम्झौता भएको छ । 

एएनएस को. को सहायक कम्पनी एड प्याड प्रालि (मिडिया मार्केटिङ कम्पनी) ले चाहना मिडिया प्रालिको नेपाल लोक स्टारको प्रचार प्रसार तथा बिक्रि वितरण गर्नको लागि आधिकारिक एजेन्सीको रुपमा एड प्याड प्रालिको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहना मिडिया प्रालिको तर्फबाट अध्यक्ष सहदेव कोइरालाका बिच सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल लोक स्टार नेपालीहरुको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाइ उजागर गर्नेउदेश्यले यो कार्यक्रम संचालन गरिएको छ ।

यस कार्यक्रमका निर्णायक मण्डलमा बहुप्रतिभाशाली जयनन्द लामा, बिबि अनुरागी, रामजी खंड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेच्छा खड्का र लोक गायक अशोक धिताल रहेका छन् ।

निकै रोमान्चक ढंगले आयोजित सोकार्यक्रममासाइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनौट प्रक्रिया हुनेछ । नेपाल लोक स्टार,नेपालकै पहिलो एचडि र आधुनिक प्रबिधि युक्त च्यानल एपी वान एचडी मा यही आगामी जेष्ठ २५ गतेबाट हरेक हप्ता शनिबार र आइतबार प्रशारण गरिने छ । 

यस कार्यक्रममा ३१ शृंखला रहने र तेश्रो, दोश्रो र पहिलो बिजेताहरुलाइ क्रमश दश लाख, पच्चिस लाख र पचास लाख नगद पुरष्कार प्रदान गरिनेछ ।

नेपालको लोक संगीत र कला लोप हुनबाट बचाउन यस कार्यक्रमको प्रमुख उदेश्य रहेको साथै नेपाल लोक स्टार अहिलेसम्मकै ठुलो सेट डिजाइनमा सबैभन्दा बढी सहभागीहरु समेटी सातै प्रदेशबाट विभिन्न कार्यक्रमसहित प्रस्तुत गरिने छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै