• २०८१ बैशाख १४ शुक्रबार

नेपालले कुवेतलाई बराबरीमा रोक्यो, किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन 

kharibot

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ ।

नेपाली गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले कुवेतलाई बिना कुनै गोल बराबरीमा रोकेको हो खेल । किरणले एक पेनाल्टीसहित कुवेतका एक दर्जन प्रहारलाई असफल बनाइदिएका थिए । 

खेलको दोस्रो हाफको ६१औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई किरणले रोकेका थिए । 

नेपालले खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनले गोल गर्न सकेका थिएनन् ।

यस खेलमा नेपालका ५ खेलाडीले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध मिडफिल्डरद्वय रवी पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज विक र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्रदान गरेका थिए भने विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल आगामी मार्च २५ तारिखमा हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै