• २०८१ बैशाख ८ शनिबार

निषेधको राजनीतिले द्वन्द्व बढायो : संजय गौतम

kharibot

फाइल तस्बीर

बर्दिया । सत्तापक्षले देशमा निषेधको राजनीति गर्दा द्वन्द्व बढेको नेपाली काँग्रेसका सांसद एंव पूर्वसिचाई मन्त्री संजयकुमार गौतमले बताएका छन ।

चैत्र ७ गते बिहिवार स्व.गिरीजाप्रसाद कोईरालाको ९औं स्मृति दिवसका अवसरमा जी पी काईराला फाउण्डेशन बर्दिया द्वारा बर्दियाको सदरमुकाम गुलरिया स्थित राधाकृष्ण चोकमा आयोजित दिपप्रज्वलन सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी गौतमले सोकुरा बताएका हुन ।

नेपाली कांग्रेस बर्दियाका सभापति समेत रहेका गौतमले नियन्त्रण र प्रतिबन्ध फरक कुरा भएकाले नियन्त्रणका नाममा प्रतिबन्ध लगाएर निषेधको राजनीतिलाइ सरकारले बढावा दिएको आरोप लगाए ।

निषेधको राजनितिले देशमा पुनः द्वन्द्व बढाउने काम सरकारले गरेको बताए । उनले भने कुनै पनि समुह संग वार्ता सहमति र सहकार्यको राजनीति नै उत्तम हुन्छ । १२ बुदे सहमति देखि शान्ति सम्झौता हुदैँ आज देश यहाँ सम्म आउँदाको अनुभव सबैसामु छर्लङ्ग भएको उनले प्रष्ट पारे । 

नेपाली राजनिति र शान्ति प्रकृयामा स्व। गिरिजाप्रसाद कोइरालाले सुरु गरेको अभियान आज पनि उत्तिकै सार्थक रहेकाले बर्तमान सरकारले कोईरालाको अभियानलाई पछ्याउन सके राजनितिक समस्या समाधान हुने गौतमले विस्वास ब्यक्त गरे । 

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न गिरिजा प्रसाद कोईरालाको विशेष योगदान रहेको स्मरण गर्दै स्वर्गिय कोईरालाले देश र जनताका लागि गरेको अतुलनिय योगदान विर्सन नहुने जि पि कोइराला फाउण्डेसन बर्दियाका संयोजक सुभाष पोखरेलले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै