• २०८१ बैशाख ७ शुक्रबार

मेलम्चीमा मन्त्री-सचिवले कमिसन मागे – प्रकाशमान सिंह 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् । सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे । 

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, 'केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।' 

उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्या एको आरोप लगाए । सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ । 

'दुई तिहाई प्राप्त सरकारले के गरेको छ ? निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ,' नेता सिंहले भने, 'आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको छ ।'  

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे । 'काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ?' काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका नेता सिंहले भने, 'वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो । हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन ।'

उनले अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए । विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको जोड छ ।

काँग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, 'नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्यो त्यसपछि आउने च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले टेकअफ गर्न सक्छौं ।'

कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरि अधिनायकवाद लादन्न उदत रहेको भन्दै सामाजिक संजाल नियन्त्रणका नाउमा नागरिकको बोल्न पाउने अधिकार समेत खोस्न लागेको प्रति सचेत रहन आग्रह गरेका छन् । यतिबेला केपी ओली जि संसदिय मुल्य मान्यतालाई तिरस्कार गर्दै योजनाबद्द रुपमा अगाडि बडेकाले संविधान नै संकटमा परेकाले आफुहरु संविधान बचाउन र प्राप्त उपलब्धिको रक्षा गर्नै लागि परिरहेको  बताएका छन् ।

कार्यक्रम नेपाली काँग्रेस काठमाडौ महानगर ७ वडाले आयोजना गरेको थियो । कार्यक्रममा निर्वाचनको बेला सहयोग पुर्याएकाहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै