• २०८१ बैशाख ८ शनिबार

गजल 

kharibot

अरु आउन या नआउन त्यहाँ तिमि आउनुपर्छ 
मारेर मात्रै हुँदैन मलाई तिमिलेनै जलाउनुपर्छ!

बिदेश जानुअघि कहिले सोच्दैनन जानेहरुपनि 
कुनैदिन आफैंलाई रातो बाकसमा पठाउनुपर्छ

मेरो बस्तीमा राजधानीको खबर पुग्नमात्रैपनि
कि बौलाउनुपर्छ म सहरमा कि हराउनुपर्छ!!!

यी नानीहरुलाई आज स्कुलमा देश पढाइयोस्
नत्र त देश खोज्दाखोज्दै भोलि पछुताउनुपर्छ!

मलाई झन्डा बोकेर हिड्नुछैन राजनीति गर्नुछैन
देश बनाउनु पहिले त आफ्नो घर बनाउनुपर्छ!

सुनिल जलन
सिन्धुली 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै