• २०८१ बैशाख १३ बिहीबार

इलामबाट झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ प्रत्यक्षमा उम्मेदवार बन्ने 

kharibot

इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गरेका छन् । 

नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गरे । 

त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गरेका छन् । 

एमाले इलामले पनि राष्ट्रिय राजनीतिमा दुबी स्थापित नेता भएकाले खनाल र नेम्वाङलाई सर्वसम्मतिले उम्मेदवारका लागि सिफारिश गरेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै