• २०८१ बैशाख ८ शनिबार

रियल म्याड्रिडविरुद्धको प्रदर्शनपछि ब्राजिलको राष्ट्रिय टिममा डेभ्यु गर्दै डेभिड 

kharibot

काठमाडौँ । दुई साता अघि च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई प्रतियोगिताबाट बाहिर पठाएको नेदरल्याण्डसको क्लब एजाक्सका फरवार्ड डेभिड नेरेसको विशेष चर्चा चलिरहेको छ ।

ब्राजिलक २२ बर्षिय फरवार्ड डेभिडका लागि सो खेल चमत्कारभन्दा कम भएन । सो खेलमा एक गोल समेत गरेका डेभिडलाई खेल सकिएको केहि समयमा जीवन कै महत्वपूर्ण एक फोन आयो । नचिनेको नम्बर भएका कारण डेभिडले सो फोन उठाएनन् ।एकछिन पछि सोहि नम्बरबाट ह्वाट्सएपमा एक संदेश आयो । त्यो सन्देश देख्ना साथ डेभिडले सो नम्बरमा फोन गरे । डेभिडलाई फोन गर्ने व्यक्ति ब्राजिल राष्ट्रिय टिमका मुख्य प्रशिक्षक टिटे थिए । सो फोन डेभिडलाई राष्ट्रिय टिमका लागि बोलाउन थियो । रियल म्याड्रिडविरुद्धको सो खेलपछि ब्राजिलमा नयाँ स्टारको जन्म भएको चर्चा चलेको छ ।

अहिले आफुले विश्वास नगरेको कुरा भइरहेको डेभिडले बताएका छन् । अहिले ब्राजिलको टिममा डेभ्यु गर्ने तयारीमा रहेका भिनिसियास जुनियर पनि घाइते भएकाले टिममा छैनन् भने सिनियर टिमका स्टार खेलाडी नेइमार पनि इन्जुरी का कारण टिममा फर्किन संघर्ष गरिरहेका छन् । यस्तो अवस्थामा डेभिडले ब्राजिलको टिमबाट मौका पाउने देखिन्छ ।

एजाक्सका लागि गत सिजनमा १४ गोल र ८ असिस्ट गरेका डेभिडले यस सिजनमा कुल ८ गोल गरेका छन् जसमा रियल म्याड्रिडविरुद्धको एक चर्चित गोल सामेल छ ।

एजाक्सलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका डेभिडको प्रदर्शन अहिले सारा युरोपमा चर्चाको विषय बनेको छ । फुटबल विश्लेषकहरुले डेभिडलाई उच्च कोटीको खेलाडीमा राख्दै ब्राजिलको राष्ट्रिय टिममा पनि उनले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् । 

ब्राजिलले शनिबार राति पानामासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।   
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै