• २०८१ बैशाख ८ शनिबार

यस बर्ष रिलिज भएका ६ बलिवुड फिल्म, जसले गरे उत्कृष्ट कलेक्सन 

kharibot

काठमाडौँ । बलिवुडमा सन् २०१९ मा सुखद देखिएको छ । २०१९ को तीन महिना बित्न लाग्दा बक्स अफिसमा राम्रो सुरुवात भएको देखीएको छ । तीन महिनाको अवधिमा रिलिज भएका ६ फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेका छन् ।

यस रिपोर्टमा यस बर्ष बलिवुडमा हिट भएका केहि फिल्मको बक्स अफिस कलेक्सन बारे चर्चा गर्दै छौ ।

यस बर्षको अहिलेसम्मको सबै भन्दा सुपरहिट भएको फिल्म उरी द सर्जिकल स्ट्राइक’ हो । करिब ४५ करोड भारतीय रुपैयाँको लगानीमा बनेको यस फिल्मले अहिलेसम्म २४४ करोड कलेक्सन गरेको छ । भारतले उरीमा गरेको सर्जिकल स्ट्राइकको घटनामा आधारित रहेर बनाइएको यस फिल्मले बलिवुडमा धेरै रेकर्ड समेत तोडेको छ । गत जनवरी ११ मा रिलिज भएको यस फिल्ममा अभिनेता विक्की कौशलको प्रमुख भूमिका रहेको छ ।

त्यस्तै रणबिर सिंह र अलिया भट्टको फिल्म गली ब्वायले पनि बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेको छ । फेब्रुअरी १४ मा रिलिज गरिएको गली ब्वायले अहिलेसम्म १३९ करोड कलेक्सन गरेको छ । करिब ५० करोडको लागतमा बनेको यस फिल्म र्याप गीतमा आधारित रहेर बनाइएको छ । यस फिल्मलाई चर्चित फिल्म निर्देशक जोया अख्तरले निर्देशन गरेकी हुन् ।

त्यस्तै अभिनेत्री कंगना रनावतको फिल्म मणिकर्णिकाले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । करिब सय करोडको लगानीमा बनेको सो फिल्मले १३३ करोड कलेक्सन गरेको छ । ठुलो लगानीमा बनेको यस फिल्मले धेरै नाफा नकमाए पनि फिल्ममा कंगनाको कामलाई मन पराइएको छ भने फिल्मले आफ्न लगानी उठाएर केहि नाफा समेत कमाएको छ ।

यस बर्ष रिलिज भएको अर्को सफल फिल्मको लुकाछिपी । अभिनेता कार्तिक आर्यन र कृति सेनन अभिनित यस फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ । करिब २५ करोडको लगानीमा बनेको यस फिल्मले अहिलेसम्म ८७ करोड कलेक्सन गरेको छ । यससँगै कार्तिक आर्यन अभिनित फिल्म लगातार सफल बनेका छन् भने उनलाई बलिवुडमा सफल अभिनेताको रुपमा लिइएको छ ।

यस बर्ष रिलिज भएर सफल भएको अर्को फिल्म हो कमेडी फिल्म टोटल धमाल । चर्चित बलिवुड फिल्म निर्देशक इन्द्र कुमारले निर्देशन गरेको यस फिल्मले बक्स अफिसमा अहिलेसम्म २२३ करोडको कलेक्सन गरेको छ । करिब ९० करोडको लागतमा बनेको मल्टीस्टारर यस फिल्मले दर्शकलाई हसाउन सफल भएको छ ।

यस बर्ष रिलिज भएको अर्को सफल फिल्म हो बदला । अमिताभ बच्चन र तापसी पन्नु अभिनित बदलाले बक्स अफिसमा अहिलेसम्म ७० करोडको कलेक्सन गरेको छ । करिब १० करोडको बजेटमा निर्माण भएको यस फिल्मले अमिताभ र तापसीको फिल्म पिंकको झल्को दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै