• २०८१ बैशाख ८ शनिबार

साफमा उपविजेता बनेको महिला टिमलाई एन्फाले एक-एक लाख दिने  

kharibot

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता भएको राष्ट्रिय महिला फुटबल टिमका सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही एक लाख प्रदान गर्ने भएको छ ।

शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित हुदै उपविजेता बनेको थियो ।

एन्फाको आज बसेको वार्षिक साधारण सभाले महिला फुटबल टिमका सदस्यलाई जनही एक-एक लाख प्रदान गर्ने निर्णय गरेको एन्फाले जानकारी दिएको छ ।

उपविजेता बनेका खेलाडीलाई प्रदेश नम्बर एक सरकारले पनि जनही एक-एक लाख पुरस्कार दिने निर्णय गरिसकेको छ । त्यस्तै विराटनगर महानगरपालिकाले पनि जनही ५०-५० हजार दिने निर्णय गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै