• २०८१ बैशाख ६ बिहीबार

विराट कोहलीको टिम ७० रनमा अलआउट, चेन्नईका स्पिनरको उत्कृष्ट बलिङ

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपरकिंग्सलाई ७१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले १७.१ ओभरमा अल आउट हुदै ७० रन बनाएको हो ।

बैंगलोरका लागि पार्थिव पटेलले मात्र दोहोरो अंकमा रन बनाएका थिए । पटेलले २९ रन बनाएका थिए ।

चेन्नईका स्पिनरका अगाडी बैंगलोरको ब्याटिंग ध्वस्त भएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ६, मोइन अलि र एबी डिभिलीयर्सले ९-९, ग्राण्डहोम र युजवेंद्र चहलले ४-४ रन बनाएका थिए । त्यस्तै सिमरोन हेटमेयर शुन्यमा आउट भएका थिए ।

चेन्नईका बलर हरभजन सिंह र इमरान ताहिरले ३-३ विकेट लिएका थिए । त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिएका थिए भने डावने ब्राभोले एक विकेट लिएका थिए ।

हरभजनले ४ ओभरमा २० रन दिएर ३ विकेट लिएका थिए भने इमरान ताहिरले ४ ओभरमा एक मेडेनसहित ९ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै रविन्द्र जडेजाले ४ ओभरमा एक मेडनसहित १५ रन दिएर २ विकेट लिएका थिए ।


   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै