• २०८१ बैशाख ४ मंगलबार

साहित्य चौतारीबाट राष्ट्रकवि अभिनन्दित

kharibot

काठमाडौँ । साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज अभिनन्दन गर्यो । 

राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर सो संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गरेका हुन् । कवि घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा उनले उपस्थित स्रष्टा र सञ्चारकर्मीलाई टीका लगाई आशीर्वाद दिएका थिए । 

राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन मंगल भएको र आफू रोमाञ्चित भएको बताए । 

कार्यक्रममा राष्ट्रकविका केही लोकप्रिय गीत र कविता वाचन गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेका रचनाले राष्ट्रिय भावनाको आवाज बोकेको र यो उमेरमा पनि उनको सक्रियताले साहित्य क्षेत्रले गौरवबोध गरिरहेको बताए । उनले कविवरको शताब्दी जन्मोत्सवलाई वर्षभरि मनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिए । 

झापामा विसं २०५६ मा स्थापित सो संस्थाको राष्ट्रकवि घिमिरेले नै उद्घाटन गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै