• २०८१ बैशाख ८ शनिबार

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

kharibot

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल,  स्टरलिङमा  आइतबार आयोजना गरेको ‘हिल वाक’ इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ ।

करिब सय जनाभन्दा बढी सहभागिता रहेको एनआरएनए  स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले  एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।

"एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले  सहभागीहरुमाझ एनआरएनए प्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन बिस्तारमा सहयोग पुगेको छ " अध्यक्ष कार्कीले बताए । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र  सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताए । उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ ।  

उक्त हिल वाक शुरु हुनुभन्दा पहिले एनआरएनए  स्कटल्याण्डका सचिब कृष्ण दाहालले हिल वाकको बिबरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेसहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ,  पर्थ ,डनफर्मलिन र स्टरलिङबाट  सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।  

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गरेको भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले  स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग  समन्वय गरिरहेको कार्कीले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै