• २०८१ बैशाख १३ बिहीबार

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

kharibot

कञ्चनपुर । ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी छन् ।

विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

ट्र्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक बालकका ठूलोबुबा रहेको उनले बताए ।

ट्र्याक्टर आउँदै गर्दा बालक अगाडि परेपछि ठक्कर लागेको बुझिएको छ । ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै