• २०८१ बैशाख ८ शनिबार

मेसी बिना मोरक्कोविरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जित 

kharibot

काठमाडौँ । आफ्ना स्टार खेलाडी लियोनेल मेसी अनुपस्थित रहेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मोरक्कोविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती भएको खेलमा अर्जेन्टिनाले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गरको हो ।

अर्जेन्टिनाको जितमा खेलको एक मात्र गोल सबस्टिच्युटको रुपमा मैदानमा आएका एन्जल कोरेयाले गरेका थिए । एथलेटिको म्याड्रिडबात खेल्ने फरवार्ड कोरेयाले खेलको ८३औ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका थिए ।

यस अघि मेसीसहित खेलेको अर्जेन्टिना भेनेजुएलाविरुद्ध ३-१ गोल अन्तरले पराजित भएको थियो । विश्वकप पछि टिममा फर्किएका मेसी सो खेलमा ९० मिनेट खेलेपनि घाइते भएपछि यस खेलमा अनुपस्थित रहेका थिए ।

मेसीको अनुपस्थितिमा टिममा मौका पाएका पाउलो डिबालाले यस खेलमा खासै योगदान गर्न सकेनन् । युभेन्टसमा समेत यस सिजनमा संघर्ष गरिरहेका डिबालाले फेरी पनि आफ्नो प्रदर्शन देखाउने मौका गुमाए ।

अर्जेन्टिनाले अब कोपा अमेरिकाको खेल खेल्ने छ । अर्जेन्टिनाले आगामी जुन १५ मा कोपा अन्तर्गतको खेलमा कोलम्बियाको सामना गर्दै छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै