• २०८१ बैशाख ८ शनिबार

चेक रिपब्लिकविरुद्ध ब्राजिल विजयी, जिससले गरे दुई गोल 

kharibot

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकलाई पराजित गरेको छ । गयराती भएको खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा ग्राबियल जिससले २ गोल गरेभने रोबोर्ट फिर्मिनोले एक गोल गरेका थिए । त्यस्तै चेकका लागि एक गोल डेभिड पाभेल्काले गरेका थिए ।

खेलको अन्त्यमा दुई गुल गर्दै ब्राजिलले जित हासिल गरेपनि ब्राजिलको यो जित संघर्षपूर्ण रहेको थियो ।

खेलको ३७औ मिनेटमा चेकले गोल गर्दिया सुरुवाती अग्रता लिएको खेलमा ब्राजिलले दोस्रो हाफको ४९औ मिनेटमा फिर्मिनोको गोलमा बराबरी गरेको थियो । ब्राजिलका लागि डेभ्यु गरेका युवा खेलाडी डेभिड नेरेजको असिस्टमा जिससले खेलको ८३औ मिनेटमा गोल गर्दै ब्राजिलले खेलमा अग्रता लिएको थियो । त्यसपछि जिससले ९०औ मिनेटमा अर्को गोल गर्दै ब्राजिललाई अन्तत: ३-१ को जित दिलाएका थिए ।

ब्राजिलका लागि स्टार खेलाडी नेइमार इन्जुरीका कारण अझै टिममा फर्किन सकेका छैनन् । ब्राजिलले केहि दिन अघि पानामासँग खेलेको खेल १-१ को बराबरीमा रोकिएको थियो । 

ब्राजिलले अब कोपा अमेरिका खेल्ने छ । जुनमा हुने कोपा अमेरिका प्रतियोगिता अघि खेल्ने वार्मअप खेलको भने अझै टुंगो लागेको छैन । तर कोपाको पहिलो खेलमा भने जुन १४ मा बोलिभियाविरुद्द खेल्ने छ ।  
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै