सुन्दर सुदूरका समस्या र सम्भावना

खरीबोट

काठमाडौँ । नेपालको एक प्राकृतिक सौदर्यले भरिपूर्ण क्षेत्र हो सुदूरपश्चिम । प्रकृतिको धरोहर र उपहार भन्दा पनि फरक नपर्ने त्यो सुन्दर सुदूरपश्चिमले घुम्न आउने जोकोहीलाई लोभ्याउने गर्छ । कलकल बग्ने कर्णाली, महाकाली, घोडाघोडी ताल, सुरमा ताल, विभिन्न झरनाहरु सुदूरपश्चिमका धरोहर हुन् । त्यसैगरी अपि, सैपालजस्ता हिमशृंखलाले मेरो सिंगो देशलाई चियाइरहेका छन् ।

यहाँ जति प्रकृतिको सुन्दर मनोरम दृश्य अवलोकन गर्न सक्छौं, त्यति नै त्यहाँका मानिस कला र संस्कृतिमा धनी छन् । उनीहरुमा एक आफ्नै मौलिक पहिचान, भाषा, संस्कार, रहनसहन, रीतिरिवाज रहेको पाइन्छ । सुदूरपश्चिममा गाइने मौलिक देउडा गीत तथा नृत्य, छलिया, हुड्क्यौली नाच जस्ता थुप्रै कला संस्कृतिले सुदूरपश्चिमलाई पहिचान दिइरहेका छन् र ऊर्जा थपिरहेका छन् ।

सुदूरपश्चिम विकास क्षेत्र ९ ओटा जिल्ला र २ ओटा अञ्चलमा विभाजित छ । दुवै जिल्ला नेपालकै प्रमुख नदीको नामबाट नामकरण गरिएको छ । महाकाली अञ्चलमा पर्ने शुक्लाफाँटा वन्यजन्तु आरक्षण, खप्तड राष्ट्रिय निकुञ्ज मुख्य पर्यटकीय स्थलहरु हुन् । यस विकासको मुख्य राजमार्ग महेन्द्रनगर, भिमदत्त मार्ग मानिन्छ ।

समस्या

सुन्दर सुदूरपश्चिमका कतिपय ठाउँहरुमा खानेपानीको समस्या रहेको पाइन्छ । जस्तै : बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी लगायत कतिपय ठाउँहरुमा अझै पिउने पानी भर्न विहान ३ बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता छ । कतिपय ठाउँमा दुई–तीन घण्टा उकालो–ओराले बाटो हिँडेर पिउने पानी बोक्न बाध्य छन् ।

समस्या पानीको मात्र होइन बाटोघाटोको पनि कतिपय ठाउँमा राम्रो व्यवस्था हुन सकेको छैन । त्यसैगरी नदी वारपार गर्नका लागि राम्रो पुलको व्यवस्था पनि हुन सकेको छैन । सुदूरपश्चिम वासीहरु नदी वारपार गर्न कहिकतैँ तुइनबाट आवतजावत गर्नुपर्ने बाध्यात्मक परिस्थिति झेलिरहेका छन् । सामान आयातनिर्यात गर्न यातायातको साधनका रुपमा खच्चडहरुको प्रयोग भइरहेको छ ।

त्यस्तै, गाउँघरमा गुणस्तरीय स्वास्थ्य चौकी र स्वाथ्यकर्मीहरुको राम्रो व्यवस्था हुन सकेको छैन । कोही विरामी पर्यो भने अझै पनि पिठ्युमा बोकेर सदरमुकाम सम्म पुर्याउन नपाउदै बाटोमा मृत्यु हुने गरेको समाचार तपाई हामीले पढ्दै, सुन्दै र देख्दै आइरहेका छौं ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अझै गुणस्तरीय विद्यालय र शिक्षकको अभाव रहेको देखिन्छ । गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । आवश्यकता हुँदाहुदै पनि पहाडी जिल्लाका बालबालिकाहरुले गुणस्तरीय शिक्षा आर्जन गर्न पाइरहेका छैनन् । समयमा पाठ्यपुस्तक नपुग्ने र पढाउने विषयगत शिक्षकको अभाव रहेको पाइन्छ ।

त्यस्तै, सुदुरका कतिपय पहाडी तथा तराईमा झन कुरीतिको प्रथाहरु व्याप्त रहेको पाइन्छ । त्यसमध्येकै छाउपडी प्रथा पनि एक सामाजिक समस्या भित्रै सुदूरपश्चिम बासीहरुमा रहेको छ ।  त्यहाँका महिलाहरु महिनावरी भएको बेला गाईवस्तु राखिएको गोठमा सुत्छन् । यहाँको सामाजिक विश्वास अनुसार महिनावरी भएको बेला घरमा बस्दा कुलदेउता रिसाउने डरले गोठमा बस्ने चलन रहेको पाइन्छ । जसले गर्दा महिला तथा बालबालिका शारीरिक र मानसिक रुपमा शोषित र पीडित हुन पुगेको पाइन्छ । सुदूरपश्चिमको जुल्लामा गरिएको एक सर्वेक्षणमा २५ प्रतिशत महिला तथा १३ प्रतिशत बालिका महिनावरी भएको बेला छाउगोठमा बस्छन् भन्ने तथ्याङ्क ‘आत्मसम्मानका लागि सहकार्य नेपाल’ जुम्लाले गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वाेच्च अदालतको आदेशपछि सरकारले २०६३ बैशाख २६ गते छाउपडी प्रथालाई कुरीति घोषणा गर्नुका साथै निर्देशिका र आवश्यक कानून निर्माण गर्नका लागि सरकारलाई निर्देशन दिएको थियो । जारी भएको निर्देशन निर्देशनमा मात्रै सीमित भएको पाइन्छ । यसको लागि कुनै पहल तथा कार्यक्रम सञ्चालन समिति गठन समेत भएका छैनन् ।

सुदुर पश्चिमको जुम्लामा भएको समस्या यहाँमात्रै नभएर सुदुर पश्चिमका विभिन्न जिल्लाहरुमा व्याप्त रहेको पाइन्छ । सुदुर पश्चिममा अन्य थुप्रै प्रथाहरु रहदै आएको पाइन्छ । जस्तै, झुमा प्रथा, बोक्सी आरोप, कमैया प्रथा, दाइजो प्रथा आदि । जसले गर्दा समाजमा विभिन्न समस्याह उत्पन्न हुने गरेका छन् । यस्ता समस्याहरु तथा अन्धविश्वासहरुले समाजको विकासमा समस्या खडा गर्ने तत्वका रुपमा देखा परेका छन् ।

त्यस्तै यस क्षेत्रमा जंजीर रुपमा रहेको देउकी प्रथा पनि एक कुप्रथाको रुपमा रहेको पाइन्छ । देउकी प्रथा भन्नाले एक पुरातन कुप्रथा हो जसमा एक किशोरीलाई केही धर्मको नाममा मन्दिरमा देउकीको रुपमा चढाउने गरिन्छ । यो प्रथा नेपालको सुदूरपश्चिमा अझै पनि व्याप्त रहेको पाइन्छ । देउकीको रुपमा मन्दिरमा चढाइएकी किशोरीहरु आफ्नै छोरीहरु वा गरिब परिवारका छोरीहरुलाई प्रयोग गर्ने गरिएको पाइन्छ । यस्ता देउकी बनाइएका किशोरीहरुले मठ–मन्दिरको परिधिभित्र रही बाच्नुपर्ने बाध्यता रहेको पाइन्छ । उनीहरुलाई बैवाहिक जीवनमा बाधिनबाट वञ्चित गरिएको हुन्छ जसले गर्दा यस्ता देउकी किशोरीहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने मानव अधिकार हनन भइरहेको पाइन्छ । यस्तो किसिमको कुप्रथाले समाजमा नकारात्मक असर पारिरहेको हुँदा सुदूरपश्चिमको शान र गौरवमा नराम्रो प्रभाव पारेको पाइन्छ ।

सुदरपश्चिम प्रदेशलाई नजिकबाट नियाल्ने प्रयासरत नेताहरुको त्यस ठाउँको विकास, समृद्धि र पर्यटन विकास प्रवद्र्धनमा ध्यान नजाँदा अझै सुदूरपश्चिम वासीहरु पीडामा जीविकोपार्जन गर्न विवश रहेको पाइन्छ ।

समाधान के छ त ?

सुदूर पश्चिममा भएका समस्याहरु समाधान गर्नका लागि स्थानीय स्तरका नेताहरु र उक्त गाउँ समाजमा भएका युवा तथा बुद्धिजीवीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्न सक्छन् । जस्तै : जनचेतनामूलक कार्यक्रम, समाजमा हुने विभिन्न किसिमका समस्याहरु समाधान गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्नलाई आवश्यक संयन्त्र तयार गर्न सकिन्छ । ऐन नियम अनुसार कानुनी ढङ्गले समान व्यवहार गरी सबैलाई समान हक अधिकारको सुनिश्चित गराउने जस्ता कार्यहरु गर्न आवश्यक छ । जसले गर्दा विकासका कार्यक्रमहरुलाई अघि बढाउनको लागि टेवा पुग्दछ ।

सरकारले पनि सुदूरपश्चिममा भएका समस्याहरुलाई नजिकबाट नियाल्दै सूदुरपश्चिमका बासिन्दाका लागि बनाइएका नीति तथा नियमहरु सही ढङ्गले कार्यान्वयन भएका छन की छैनन् ? सूदरपश्चिमका बासिन्दाहरुको जीवनस्तर कसरी चलिरहेको छ ? जीवनस्तरलाई सुधार्नलाई के–के प्रयासहरु गर्नु आवश्यक छ ? सरकारले पनि यस्ता विविध प्रश्नहरुको जवाफ खोज्न जरुरी देखिन्छ भने उक्त प्रश्नहरुको जवाफ खोजी समाधानको बाटोतिर लाग्न आवश्यक निर्देशन दिई सही ढङ्गले निर्देशनलाई पालना गराउने प्रयासमा जुट्नु आवश्यक छ ।

विकासका कार्यहरुलाई अगाडि बढाउनका लागि नीतिनियमको बनाई कार्यान्वयन गर्नका लागि युवा तथा केन्द्रीय र स्थानीय सरकारले विशेष ध्यान दिन आवश्यक देखिन्छ । जसले गर्दा सुदूरलाई विकासको सम्भावनाबाट दूर बनाउने छैन भन्ने कुरामा दुई मत हुने छैन ।

आखिर सूदुरपश्चिम कहिलेसम्म विकास र समृद्धिबाट दूर रहने ? सबैको नजरमा सूदुरपश्चिमको पहिचान अटल कसरी बनाउने ? समयमै सूदुरपश्चिममा भएका समस्याहरुलाई पहिचान कसले गर्ने ? यावत प्रश्नहरु स्थानीय सरकारले जवाफ खोज्न जरुरी छ ।

सूदर पश्चिममा जतिपनि कला, संस्कृतिहरु छन् ती सबै सूदुर पश्चिमका गहना हुन् । त्यसैले गर्दा नै सूदुर पश्चिमलाई सुन्दर बनाएको छ । कतिपय कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगिसकेका छन् । यस्ता कला र संस्कृतिको संरक्षण र विकासका लागि केन्द्रीय र स्थानीय सरकारको ध्यान जान जरुरी छ ।

सम्भावना

सुन्दर सुदूरपश्चिममा भएका प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गर्छ । सुदुर पश्चिममा थुप्रै सम्भावना र समृद्धिका हजारौँ बाटाहरु रहेका छन् । सुदूरपश्चिमका थुप्रै ठाउँहरुलाई पर्यटकीय स्थल बनाई आन्तरिक तथा बाहिरी पर्यटनलाई प्रवर्द्धन गर्न टेवा पुर्याउन सकिन्छ । त्यहाँका युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गर्नका लागि टेवा पुग्नलाई मद्दत पुग्ने देखिन्छ ।

भौगोलिक अवस्थामा जति नै विकट वा पछाडि परे पनि प्राकृतिक सुन्दरता अतुलनीय रहेको पाइन्छ । बडीमालिका क्षेत्र प्राकृतिक रुपमा सुन्दर छैन । यसगँ हजारौ धार्मिक आस्था जोडिएको छ । पर्यटकीयको प्रचुर सम्भावना भए पनि यसको प्रचार–प्रसार हुन सकिरहेको छैन ।

बाजुरा र कालिकोट सिमानामा पर्ने धार्मिक र पर्यटकीय क्षेत्रको संगम स्थल मानिन्छ । बाजुरा सदरमुकामको मार्तडीबाट करिब ३ दिनको पैदलयात्रा पछि पुगिन्छ । चाडपर्वमा भक्तजनहरुको बाक्लो भेट हुने गर्दछ । समुन्द्री सतहबाट ४,२०० मि. को उचाईमा अवस्थित रहेको पाइन्छ । हिउँदमा सेताम्मे हिँउ पर्छ । सधै जसो सिरेटो चलिरहन्छ । यहाँ जनैपूर्णिमा पश्चिमकै ठूलो मेला लाग्ने गर्दछ । हरेक वर्षमा यस ठाउँको अवलोकन गर्न हजारौं पर्यटकहरु देश तथा विदेशबाट समेत आउने गर्दछन् ।

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा आइतबार आर्थिक मामिला तथा

महेन्द्रको दूरदर्शी विचारले नेपाल अहिले स्वतन्त्र छ – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिकमा अब राप्रपा वैकल्पिक शक्तिका उदाउने घोषणा गरेका छन् । राजा महेन्द्रको एक सय औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित ‘राष्ट्रियता, विकास, अन्तर्राष्ट्रिय

सुदूरपश्चिममा छाउपडीका कारण १६ महिला तथा बालिकाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर

आँधीबेहरी पीडितलाई राहत दिने प्रदेश सरकारको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आँधीबेहरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले आँधीबेहरीका कारण पूर्ण क्षति


z