दल दर्ता नभएपछि विवेकशील नेपाली दल आयोगविरुद्ध सर्वोच्चमा 

खरीबोट

काठमाडौँ । विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयोगले आफ्नो दल दर्ता गर्न अस्वीकार गरेपछि उसले बुधबार सर्वोच्चमा रिट दायर गरेको हो । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दिएको अधिकारको उपयोग गर्दै आवश्यक विधि प्रक्रिया पूरा गरेर दल दर्ताका लागि गएको पौष २७ गते आयोगमा निवेदन दर्ता गरेको भए पनि आयोगले दल दर्ता गर्न अस्वीकार गरेकाले सर्वोच्चमा रिट दायर गरेको विवेकशील नेपाली दलले जनाएको छ ।  

आयोगले दल दर्ता हुन नसक्ने भनेर गएको फागुन २८ गते निर्णय गरेको थियो । निर्वाचन आयोगले पुरानो अभिलेखमात्रै हेरेर दल दर्ता गर्न नमिल्ने भनेको विवेकशील नेपाली दलले आरोप लगाएको छ । 

गएको वर्षको भदौमा निर्वाचन आयोगमा विवेकशील साझा पार्टी दर्ता हुँदा ३३ जनाको नाम रहेको र त्यसैलाई आधार मानेर आयोगले दल दर्ता गर्न अस्वीकार गरेको हो । 

पछिल्लो समय पार्टीमा ३७ जना केन्दी्रय सदस्य थिए । विवेकशील साझा पार्टीबाट गएको पुस २७ गते छुट्टिँदै नयाँ दल दर्ताका लागि विवेकशील नेपाली दलले निर्वाचन आयोगमा निवेदन दिएको थिए ।  

३७ जना केन्द्रीय सदस्यमध्ये १६ जनाले विवेकशील साझा पार्टी परित्याग गर्दै विवेकशील नेपाली दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । यो संख्या राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको दलसम्बन्धी ऐनको दफा ३३ (२) ले उल्लेख गरेअनुरुपको ४० प्रतिशत भन्दा बढी छ ।
 

सम्बन्धित समाचार

दल दर्ता नभएपछि विवेकशील नेपाली दल आयोगविरुद्ध सर्वोच्चमा 

काठमाडौँ । विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयोगले आफ्नो दल दर्ता गर्न अस्वीकार गरेपछि उसले बुधबार सर्वोच्चमा रिट दायर गरेको हो ।  राजनीतिक दलसम्बन्धी

विवेकशील नेपाली दलद्वारा बम विस्फोटको घटनाको भर्त्संना 

काठमाडौँ l शुक्रबार साँझदेखि काठमाडौँ लगायत देशका कतिपय स्थानमा भएका बम विस्फोट लगायतका हिंसात्मक घटनाहरूप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  विवेकशील नेपाली दलले विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य

डा. केसीसँगको सम्झौता कार्यान्वयनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ : विवेकशील नेपाली दल  

काठमाडौँ l विवेकशील नेपाली दलले डा.गोविन्द केसीको १६औं सत्याग्रह र स्विस बैंकमा थुपारिएको कालो धन बारे आफ्नो धारणा सार्वजनिक गरेको छ l  दलका प्रवक्ता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा डा.गोविन्द केसीलाई


z