• २०८१ बैशाख १२ बुधबार

निर्मला प्रकरणमा निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

kharibot

काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका छन् । 

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको भन्दै तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट र जिसीसहित अन्य प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खड्गले उजुरी दिएका थिए। 

पीडितको उजुरीका आधारमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधवार जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ लाख रुपैया धरौटी माग गरिएको थियो। 

अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार निलम्बित एसपी विष्ट अदालतको आदेशअनुसार यसअघि नै रिहा भइसकेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै