• २०८१ बैशाख ५ बुधबार

नेपाल रानाभाट ‘सुबोध‘को मुक्तकसंग्रह 'समयका स्वरहरु’ विमोचित

kharibot

काठमाडौँ । नेपाल रानाभाट ‘सुबोध'को मुक्तकसंग्रह 'समयका स्वरहरू’ वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा विमोचित भएको छ  ।

नेपाल मुक्तक प्रतिष्ठान काठमाडौ नेपालले गत चैत्र ११ गते आयोजना गरेको उक्त कार्यक्रम उक्त प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न भएको थियो ।

तनहुँ, भिर्कोटमा जन्मिएर गण्डकी प्रदेशको उपसचिव पदमा कार्यरत मुक्तककार सुबोधको यो पहिलो कृति हो । उनले प्रस्तुत संग्रह आफ्ना स्वर्गीय पिता खेमहरि रानाभाटप्रति समर्पित गरेर पिताको वार्षिक स्मृतिमा प्रकाशित गरेका हुन् । प्रस्तुत संग्रहमा आठवटा विषयका ८० मुक्तकहरू समाबिष्ट छन् । पुस्तक उमेशचन्द्र अधिकारीको चित्रकारिताले सजिएको छ ।

विमोचन कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य तथा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानका सचिव बादल घिमिरेले उद्घोषण गरेको उक्त कार्यक्रममा मुक्तकका समीक्षा कवि बिजय कट्टेल छहराले गरेका थिए भने कवयित्री निशा केसीले सुबोधका मुक्तकहरू वाचन गरेकी थिइन् । कार्यक्रमको उत्तरार्धमा प्रतिष्ठानका महासचिव रमेश पौडेलले समीक्षात्मक टिप्पणी सहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मुक्तककार सुबोधलाई प्रमुख अतिथि र अध्यक्षद्वारा नेपाल मुक्तक प्रतिष्ठानको लोगो अंकित ब्याच लगाइदिएर प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै