• २०८१ बैशाख १२ बुधबार

ब्रुमरले एकै रातमा १८ टन धुलो संकलन 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि संचालनमा ल्याएको ब्रुमरहरुले एकै रातमा १८ टन धुलो संकलन गरेको छ । 

काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरीकुमार श्रेष्ठले ब्रुमरले एकै रातमा १८ टन धुलो संकलन गरेको जानकारी दिए । खरीबोटसँग कुरा गर्दै श्रेष्ठले भने, ‘काठमाडौँमा धुलो धेरै छ,  ब्रुमरले बुधबार एकै रातमा मात्र १८ टन धुलो-फोहोर संकलन गरेको छ ।’

ब्रुमर संचालनको लागि महानगरले बनाएको ५ वटा रुट अनुसार नै सडक सफा गर्दा १८ टन फोहोर संकलन भएको श्रेष्ठले जानकारी दिए । 

काठमाडौँका सडकमा माटो धेरै भएकाले यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा यातायात ब्यवस्ता विभागसँग छलफल गरिरहेको समेत श्रेष्ठले जानकारी दिए । 

बेलुका ८ बजेदेखी बिहान ४ बजेसम्म दैनिक ८ घण्टा काम गर्नेगरी महानगरले मंगलबारबाट ब्रुमर संचालन गरेको भएता पनि झरीको कारण बुधबारबाट धुलो संकलन गरिएको हो ।

ब्रुमर संचालन हुने रुटहरु : 

महानगरले ल्याएका ५ वटा ब्रुमरले औपचारिक रुपमा बुधबारबाट सडक सफाइ गर्न थालेको छ । ब्रुमरले ५ वटा रुट बना्रएर दैनिक सफाइ गर्ने कामपाले जनाएको छ । 

रुट नम्बर १ :

टेकुबाट सुर गरेर सोल्टिमोड हुँदै कलंकी त्यसपछि टेकु:, त्रिपुरेश्वर, सुन्धारा,  नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल,  लाजिम्पाट,  शितल निवास, शिक्षण अस्पताल, नारायण गोपाल चोकसम्मको मुल सडक,  त्यस्तै, जमल, घण्टाघर , भद्रकाली, सहिद गेट हुँदै सुन्धारा सम्म । 

रुट नम्बर २ :

टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल,  बानेश्वर,  तीनकुने हुँदै  यएरपोर्ट सम्म ,  त्यहाँबाट फर्किएर  तीनकुनेबाट  , कोटेश्वर, पेप्सीकोला,  पेप्सीकोला चोकबाट कोटेश्वर नयाँ बाँनेश्वर , बबरमहल, माइतीघर मण्डला, थापाथली,  त्रिपुरेश्वर,  टेकु, कालीमाटी , बल्खु , कालीमाटीबाट बल्खु सम्म । 

रुट नम्बर ३ : 

टेकुबाट त्रिपुरेश्वर, सुन्धारा हुँदै  भोटाहिटी, विश्वज्योती, घण्टाघर , भद्रकाली , सिंहदरबार, पुतलीसडकतर्फका सडक, पुतली सडकबाट  कमलादी मोड,  हात्तिसार , जय नेपाल हल, दरबार मार्ग,  कमलादी प्रज्ञा भवन, पछाडीबाट काठमाण्डौँ प्लाजा सम्मको  सडक,  त्यस्तै,  दरबारमार्गमा रहेको महेन्द्रको  शालिकबाट  नारायणहिटीतर्फहुँदै  केशरमहल चोक,  त्यसबाट  लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडीको चोक, नारायण हिटीको उत्तर गेड, गैरी धारा,  पैहरी हेड क्वाटरपछाडीको चोक,  सभामुख क्वाटर ,  राष्ट्र बैँक, प्रधामन्त्री निवास वालुवाटार , रसियन दुतावास हुँदै  महाराजगंञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक,  फर्किदा  शितल निवास , पानी पोखरीहुँदै  लैनचौर , सोह्खुट्टे , बालाजु, चोक , सोह्खुट्टेबाट  बिष्णुमती, लिङ्क रोडको ईन्दायणी, नरदेवी पुलदेखी  टेकुसम्मको सडक । 

रुट नम्बर ४ :

टेकुबाट पुलतीसडक,  कमलपोखरी,  ज्ञानेश्वर,  मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल,  एअरपोर्ट गेट ,  गौशाला , चाबहिल, होटल हायात चुच्चेपाटी हुँदै फर्किएर चाबहिल, गौशाला,  बत्तिसपुतली , पुरानो  बानेश्वर, मैतीदेवी, डिल्लीबजार , पुतलीसडक, प्रदर्शनी मार्ग ,  सिंहदरबार , माइतीघर मण्डला,  थापाथली, त्रिपुरेश्वर हुँदै टेकुसम्म । 

रुट नम्बर ५ :

टेकुबाट त्रिपुरेश्वर,  न्युरोड गेट,  बसन्तपुर, ई्रन्द्रचोक, न्युरोड,  महाङ्काल, जमल, केशरमहलबाट त्रिदेवीमार्ग,  ठमेलबाट फर्किएर दरबार मार्ग,  घण्टाघर, भद्रकाली , सिंहदरबार, माइतीघर मण्डला, सिंहदरबारको दक्षिण ढोका,  हनुमान स्थानबाट  थापागाउँ, अन्तराष्ट्रिय सम्मेलन केन्द्र,  त्यहाँबाट पुरानो बानेश्वरतर्फ  रत्नराज्य स्कुल,  मध्य बानेश्वर, बत्तिस पुलती चोक,  मैतीदेवी, डिल्लीबजार, बागबजार,  प्रदर्शनी मार्ग, भद्रकाली ,  त्रिपुरेश्वर हुँदै  टेकु, बल्खु, कलंकी, सितापाइला,  बालाजु, गोंगबु, नारायण गोपाल चोक, चाबहिल,  ज्ञानेश्वर , डिल्लीबजार , बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वरहुँदै टेकु सम्म रहेको छ ।  

डिजेलबाट  संचालीत हुने ब्रुमरमा १ अगाडी, २ छेउमा र १ बिचमा रहनेगरी  ४ वटा ब्रस भएको ब्रुमरले  ५ सय लिटर  पानी र ४ प्वाइन्ट ६८  घन मिटर धुलो भण्डारणको  क्षमता भएको कामपाले जनाएको छ । जसको अधिकतम सफाइ  क्षमता भने २५ हजार स्वा जयर मिटर प्रतिघण्टा रहेको छ । ब्रसले न्युनतम् २६ सय मिली मिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै