• २०८१ बैशाख ७ शुक्रबार

आत्मकथाको विधामा नयाँ रेकर्ड बनाउँदै मिशेल ओबामाको 'बिकमिङ'

kharibot

काठमाडौं । अमेरिकाको पूर्व फस्ट लेडी मिशेल ओबामाको संस्मरण 'बिकमिङ' आत्मकथाको इतिहासमै सबैभन्दा धेरै बिक्री भएको पुस्तक बन्ने क्रममा रहेको प्रकाशक पेन्गुइन र्यान्डम् हाउसले बताएको छ । प्रिन्ट, डिजिटल र अडियोबुक गरेर पुस्तक अहिलेसम्म झन्डै १ करोड प्रति बिक्री भइसकेको छ ।

'हामीलाई विश्वास छ कि यो पुस्तक इतिहासमै सबैभन्दा बढी सफल संस्मरण हुनेछ', पेन्गुइन र्यान्डम् हाउसका थोमस राबेले संचारमाध्यमलाई बताएका छन् ।

'बिकमिङ' सार्वजनिक भएकै दिनमा ७,२५,००० प्रति बिक्री भएको थियो भने दुई हप्तामा उत्तर अमेरिकामा मात्रै २० लाख प्रति बिक्री भएको थियो । यससँगै पुस्तक २०१८ को बेस्ट सेलिंग पुस्तक बनेको थियो ।

आफ्नो आत्मकथामा ओबामाले आफू फस्ट लेडी हुँदा ह्वाइटहाउसका अनुभवहरू, आफ्नो बिहे र छोरीहरू मालिया र साशालाई जन्म दिंदाका अनुभवहरू समेटेकी छिन् ।

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको आत्मकथा पनि यसै वर्ष सार्वजनिक हुने बताइएको छ । तर कहिले सार्वजनिक हुने भनेर आधिकारिक मिति भने घोषणा भइसकेको छैन ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै