• २०८१ बैशाख ६ बिहीबार

आफ्नो पोष्टमा भुलवश काश्मीरलाई उल्लेख गरेकोमा फेसबुकले माग्यो माफी

kharibot

काठमाडौं । फेसबुकले यही हप्ताको सुरुवाततिर आफ्नो ब्लग पोष्टमा भुलवश काश्मिरलाई उल्लेख गरेकोमा माफी माग्रेको छ । उक्त पोष्टमा इरान, रुस, म्यासेडोनिया र कोसोभोबाट हुने गरेका अवैध गतिविधिलाई लिएर कम्पनीले चालेका कदमहरूबारे उल्लेख गरिएको थियो ।

'अवैध व्यवहारका लागि हामीले अवरोध गरेको इरानी संजालले असर गरेका क्षेत्र र देशहरू सूचीकृत गर्दा हामीले गल्तीवश 'कश्मिर'लाई आफ्नो ब्लग पोष्टमा सामेल गरेका थियौं', फेसबुकले संचारमाध्यमलाई बताएको छ ।

उक्त सूचीमा काश्मिरलाई नसमेट्नुपर्ने थियो भन्दै फेसबुकले माफी मागेको हो । त्रुटीपूर्ण ब्लग पोष्टलाई सच्याएको पनि कम्पनीले जानकारी दिएको छ

फेक एकाउन्टलाई हटाउने क्रममा फेसबुकले अवैध गतिविधि हुने कुल ५१३ पेज, ग्रुप र एकाउन्टहरूलाई हटाएको बताएको छ । कम्पनीले जनाएअनुसार यी एकाउन्टहरू इरानसँग जोडिएका संजालहरूसँग आबद्ध थिए ।

पछिल्लोसमय गोपनियताको विषयलाई लिएर विश्वभरिबाट आलोचना खेपिरहेको फेसबुकले फेक एकाउन्टहरूलाई हटाउन तीव्र रुपमा लागेको संचारमाध्यमहरूले जनाएका छन् । गत वर्ष मात्रै यो खुलासा गरिएको थियो कि अमेरिकाको २०१६को चुनाव अघि र पछि फेसबुकलाई प्रयोग गरेर झुटा समाचारहरू फैलाएर मतदाताहरूको मत प्रभाव पार्ने कार्य गरिएको थियो ।

अहिले भारतमा अप्रिल ११ बाट हुन गइरहेको लोकसभा चुनावमा झुटा समाचारहरू फैलिन नदिन फेसबुक सावधानीपूर्वक लागिरहेको बताइएको छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै