• २०८१ बैशाख ४ मंगलबार

फोहर र हिलो नियन्त्रणमा पहल थालिने

kharibot

काठमाडौँ /  काठमाडौँ महानगरपालिकाले महानगरभित्र नियमितरूपमा आउने फोहर र हिलो नियन्त्रणका लागि पहल गर्ने भएको छ । बुधबारदेखि यान्त्रिक कुचो (ब्रमुर) ले बढार्न थाले पनि यहाँ भइरहेका निर्माणस्थल र सवारीबाट ठूलो परिमाणमा फोहर सडकमा जम्मा भएको महानगरपालिकाले जनाएको छ । 

एकातिर सफाइ गरिरहँदा अर्कातिर फोहर भित्रिरहने हुँदा नियन्त्रण गर्ने योजना बनाइएको महानगरपालिकाले जनाएको छ । अहिले सम्पदा र निजी आवास निर्माण भइरहेका स्थानबाट नियमितरूपमा धुलो र हिलो सडकमा आएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार धरहरालगायत विभिन्न स्थानमा निर्माण सामग्री सडकमा आउँदा सडकमा फोहर आइरहेको छ । उनले भने , “हामीले सम्बन्धित पक्षलाई सडकमा फोहर आउन नदिनू भनेर ध्यानाकर्षण गरिरहेका छौँ ।” 

पहिले अनुरोध गर्दासमेत अटेर गरेमा कारवाही प्रक्रिया अघि बढाइने प्रवक्ता डङ्गोलले बताए । उनले भने , “महानगरले सडक सफा राख्न ब्रुमर चलाउँदा पनि अर्कातिर सडकमा धुलो र हिलो आइरहने हो भने महानगर सफा हुँदैन ।” 

महानगरपालिकाले विभिन्न स्थान समेट्ने गरी रुट बनाएर बुधबारदेखि सडक सफा गर्न शुरु गरेको थियो । पहिलो दिन एकै रातमा १८ टन धुलो सङ्कलन गरेको थियो । गत फागुन २८ गते इटालीबाट पाँच बु्रमर काठमाडौँ ल्याइएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै