• २०८१ बैशाख ७ शुक्रबार

वाटफोर्डमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वाटफोर्डमाथि सहज जित हासिल गरेको छ । 

गएराती भएको खेलमा युनाइटेडले वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कोश राशफोर्ड र एन्टोनी मार्सियलले एक एक गोल गरेका थिए भने वाटफोर्डका लागि डोउकोउरेले खेलको अन्तिम मिनेटमा गरेका थिए ।

युनाइटेडले आफ्ना अन्तरिम प्रशिक्षक ओले गुनार सोलज्करलाई नियमित प्रशिक्षक बनाएपछिको यो पहिलो खेलमा युनाइटेडले जित हासिल गरेको छ ।

जीतपछि युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ । युनाइटेडको ३१ खेलमा ६१ अंक भएको छ । युनाइटेडले अब आगामी मंगलबार वाल्भ्ससँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै