• २०८१ बैशाख १३ बिहीबार

डिभोर्सको हल्लाका बीच पति निकसँग सार्वजनिक भइन् प्रियंका 

kharibot

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसबीच डिभोर्सको समाचार आएपछि आफ्ना पतिसँग अमेरिकामा सार्वजनिक भएकी छन् ।

गत डिसेम्बरमा वैवाहिक बन्धनमा बाधिएका प्रियंका र निकको डिभोर्स हुन लागेको खबर अमेरिकी म्यागजिनमा सार्वजनिक भएपछि उनीहरुको डिभोर्स हुनलागेको खबर मिडियामा फैलिएको थियो ।

मिडिया रिपोर्ट पछि प्रियंका आफ्ना पति निकको हात समाउदै अमेरिकाको मियामीमा देखिएकी थिइन् । उनीहरुको साथमा परिवारका अन्य सदस्य समेत थिए ।

मिडिया रिपोर्टमा प्रियंका र निकबीच अहिले हरेक विषयमा झगडा हुने गरेको र दुवै आफ्नो वैवाहिक सम्बन्ध टुंगाउने सोचमा रहेको उल्लेख गरीएको थियो ।

यस अघि पनि एक अमेरिकी अनलाइनमा प्रियंकाले निकलाई फसाएको आशयको मिडिया रिपोर्ट प्रकाशित भएको थियो । सो रिपोर्ट प्रकासित भएको केहि समयपछि अनलाइनले सो रिपोर्ट हटाएको थियो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै