• २०८१ बैशाख ५ बुधबार

राष्ट्रिय महिला फुटबल टोली म्यान्मारतर्फ

kharibot

काठमाडौँ । म्यान्मामा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा महिला फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गरेका छन् । 

एन्फा अध्यक्ष शेर्पाले छनोट प्रतियोगितामा महिला टोलीले नयाँ इतिहास रच्नेमा आफू आशावादी रहेको बताए । दोस्रो चरणको उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा आयोजक म्यान्मासहित भारत र इण्डोनेशिया छन् । 

नेपालले आफ्नो पहिलो खेलमा यही चैत २० गते म्यान्मारसँग खेल्नेछ भने २३ गते दोस्रो खेलमा भारत तथा समूहको अन्तिम खेल चैत २६ गते इण्डोनेशियासँग खेल्नेछ । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यान्मासँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । समूहको शीर्षस्थानमा रहने टोली अघिल्लो चरण प्रवेश गर्नेछ । नेपाली टोलीको गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्बा, अञ्जना राना मगर र उषा नाथ छन् । 

त्यस्तै डिफेण्डरमा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पूजा राना र मनमाया लिम्बू छन् भने मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी छन् । त्यसैगरी स्ट्राइकरमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै