• २०८१ बैशाख १२ बुधबार

‘ब्रेन डेड’ भएकी महिलाबाट बच्चाको जन्म ! 

kharibot

काठमाडौँ । पोर्चुगलमा गत डिसेम्बर देखि ब्रेन डेड यानी मानसिक रुपमा मृत महिलाले बच्चाको जन्म दिएकी छन् ।

२६ बर्षिय महिला खेलाडीले आइतबार बच्चाको जन्म दिएपछि उनलाई मृत घोषित गरिएको थियो । पोर्चुगलका लागि अन्तर्राष्ट्रिय खेलाडी समेत रहेकी क्याथरिन सेकेरा गत डिसेम्बरमा आस्थामा अट्याकका कारण उनलाई मानसिक रुपमा मृत घोषित गरिएको भएपनि १९ महिनाको बच्चा उनको पेटमा रहेका कारण उनलाई भेन्टिलेटरमा राखेर बच्चालाई बचाइएको थियो ।

उनी पोर्चुगलका लागि एथलेट खेलाडी थिइन् भने उनले पोर्चुगलका लागि अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिएकी थिइन् । बचपन मै आस्थामाले पिडित सेकेरालाई ५६ दिनसम्म भेन्टिलेटरमा राखेर बच्चालाई ३२ महिनाको गर्भपछि जन्म गराइएको थियो ।

अस्पतालले सेकेराका परिवारसँग कुरा गरेर बच्चालाई बचाउने निर्णय गरिएको जानकारी दिएको छ । ३२ साताको गर्भपछि जन्मिएको बच्चाको वजन १.७ किली रहेको छ भने उनलाई तीन सातासम्म अस्पतालमा नै राखिने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै