• २०८१ बैशाख १३ बिहीबार

कार्यकर्ता हौस्याउदै मकवानपुरको गाउँमा पुगे कमल थापा 

kharibot

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको रक्षाको निमित्त राजनैतिक शक्तिहरु दलगत स्वार्थ भन्दा माथी उठ्न नसके गम्भीर दुर्घटना हुनसक्ने तर्फ सचेत हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

मकवानपुरको बकैया गाउँ पालिकाको छतिवनमा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले धर्म,सस्कृती र पहिचान रक्षाको निमित्त गाउँ-गाउँमा चेतनाको बिकास हुन जरुरि रहेको भन्दै मुलुकमा ब्याप्त भ्रस्टाचार, बेरोजगारी र बेथितीको भारले जनतालाई निरास बनाएको बिचार व्यक्त गरे ।

राप्रपाले चुनाब हारेको भएता पनि हराएको वा सकिएको छैन भन्दै थापाले पार्टीले अबलम्बन गरेको सिद्धान्त र बिचारको उपादेयता मुलुकमा अझै रहेको दाबि गरे ।  कार्यकर्ताहरूलाई निरास र निश्कृय नहुन भन्दै उहाले इखका साथ संगठन निर्माणमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

पार्टी र नेतृत्वका बारेमा भ्रम र अफबाहरु फैलायर बदनाम गर्ने कोशिस भएको तर्फ रोष प्रकट गर्दै अध्यक्ष थापाले उच्च मनोबलका साथ कार्यकर्ताहरुलाई पार्टी स्थापित गर्ने अभियानमा सम्लग्न हुन निर्देशन दिए । सो अबसरमा बारा र पर्सा जिल्लामा हावाहुरीले पुर्याएको जनधनको क्षती प्रती थापाले दुःख प्रकट गरेका छन् । 

कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपालाई बलियो राष्ट्रबादी शक्ति बनाउन दृढता र सड्ढल्प सहितको नयाँ पुस्ता तयार गर्नुपर्ने आबश्यकता औल्याएका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष मधु अधिकारी, राम थोकर, लक्ष्मि जिम्बा लगायतले बोलेका थिए ।

यसैबीच अध्यक्ष थापाले बाग्मती गाउँ पालिकाको फापरबारिमा आयोजित भेलालाई पनि सम्बोधन गरेका छन् भने दुर्गा मन्दिरको शिलान्यास समेत गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै