• २०८१ बैशाख १३ बिहीबार

सिरहामा बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

kharibot

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–७ बतहा पुल नजिकै बसको ठक्करबाट एकको मृत्यु भएको छ भने अर्काे एक घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको भारतीय तीर्थयात्री बोकेको डब्लुबी २९बी६१७४ नंको बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको सुखीपुर नगरपालिका–७ बलही निवासी ३५ वर्षीय रामलखन साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते मिर्चैया नगरपालिका–४ निवासी ३० वर्षीय भद्रकाली महासेठलाई उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हावाहुरी पीडितलाई आर्थिक सहयोग

बारा र पर्साको हावाहुरीपीडितलाई नेपाल रेडक्रस सोसाइटी सिरहाले रु ५१ हजार आर्थिक सहयोग गरेको छ । हावाहुरी प्रभावितलाई राहतस्वरुप रु ५१ हजार आर्थिक सहयोग गर्ने रेडक्रसका सभापति राजदेव यादवले जानकारी दिए ।

रेडक्रस जिल्ला शाखा बारामार्फत पीडित परिवारका लागि सहयोग गर्ने निर्णय गरिएको सभापति यादवले जानकारी दिए । यस्तै बारा र पर्साका हावाहुरीबाट घाइतेहरुमा रगत अभाव भएको भन्दै सिरहाका विभिन्न सङ्घसंस्थाले लहानमा रक्तदान कार्यक्रम गरेका छन् । विद्यार्थी जनमत सङ्घले लहानस्थित जेएस क्याम्पसमा आयोजना गरेको आपत्कालीन रक्तदान कार्यक्रममा विद्यार्थीले रक्तदान गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै