• २०८१ बैशाख १३ बिहीबार

बाह्र जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार

kharibot

नयाँदिल्ली (भारत) । दिल्ली महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ ।

उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् ।

आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ । तर किशोरीहरुलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन् ।

उद्धार गरिएका अधिकांश किशोरीहरुले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ बुझाएको बताएका छन् । तर दुई जनाले भने एजेन्टलाई दुई लाख रुपैयाँ दिएको दाबी गरेका छन् ।

उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै