• २०८१ बैशाख ७ शुक्रबार

रेडक्रसको प्रारम्भिक सर्वेक्षण : हावाहुरीबाट दुई हजारभन्दा बढी परिवार प्रभावित

kharibot

काठमाडौँ । बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । 

पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो संकलन गरिएको तथ्याँक अनुसार बारामा १ हजार ५ सय दुइ र पर्सामा  ५ सय ९ परिवार प्रभावित भएका हुन् । मोवाइल एप्लिकेशनबाट यसरी तथ्याँक लिन स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको टोलीले समन्वयमा काम गरिरहेको छ ।

प्रतिकार्यका काममा आज नेरेसोका स्थानीय ९९ जना स्वयंसेवकहरु खटिइरहेका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् ।  

रेडक्रसले २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६  मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् ।

यसका अतिरिक्त ४९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । यसमध्ये पर्साका विभिन्न प्रभावित क्षेत्रमा आज २४६ थान तारपोलीन र डोरी वितरण गरिएको छ । त्यस्तै, ७५ जनालाई प्राथमिक उपचार तथा उपचारको लागि ओसारपसारमा सहयोग गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पर्सामा ५० परिवारका लागि २०० के जी चामल, १०० केजी दाल र ५० केजी आलु वितरण गरिएको छ । 

त्यस्तै, बारामा थप २५३ परिवारलाई तारपोलिन तथा डोरी र एक सय थान म्याट वितरण गरिएको छ । 

विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्याल र उपनिर्देशक रुद्रनारायण अधिकारी सर्वेक्षण तथा सहयोग गतिविधिको समन्वयका लागि प्रभावित क्षेत्रतर्फ पुगेको रेडक्रसले जानकारी दिएको छ । 

निर्देशक अर्यालले भनिन्, ‘तयारी खाना र छाना नै अहिलेको आवश्यकता देखियो ।’ देशभरबाट सहयोग गर्न इच्छुक संघसंस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गरे प्रभावित परिवारसम्प पुग्न र वितरण गर्न सजिलो व्यवस्था मिलाएको  र रेडक्रसले पनि त्यसमा सहयोग गरिरहेको छ ।  

रेडक्रसका विभिन्न जिल्ला शाखाहरुले  बारा जिल्ला शाखालाई प्रतिकार्यमा सहयोग गरेका छन् । 

झापा जिल्लाबाट पचास हजार, सिराहा जिल्लाशाखाबाट एकाउन्न हजार, सिन्धुली जिल्ला शाखाबाट २ लाख ७५ हजार, भक्तपुर जिल्ला शाखाले रु. पचपन्न हजार सहयोग गरेका छन् । त्यस्तै, सुनसरी जिल्ला शाखाबाट रु.२१००० नगद सहयोग गरको छ । चितवन जिल्ला शाखाबाट खाद्यान्न सामग्री च्युरा ५०० केजी, भुजा १५० केजी र चाउचाउ १५ काटुन सहयोग बारामा पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै