• २०८१ बैशाख ८ शनिबार

महिला फुटबलको ओलम्पिक छनोट नेपाल म्यान्मासँग पराजित

kharibot

काठमाडौँ । ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको आज भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यान्मासँग ३–१ गोल अन्तरले पराजित भएको हो । 

यसअघि गत कात्तिकमा भएको ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यान्मालाई १–१ को बराबरीमा रोकेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत २३ गते खेल्नेछ ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले इण्डोनेसियासँग चैत २६ गते खेल्नेछ । म्यान्मामा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यान्मा, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै