• २०८१ बैशाख ७ शुक्रबार

हावाहुरी पीडितलाई एनआईसी एशिया बैंकको सहयोग हस्तान्तरण

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले हावाहुरीबाट पिडित बारा जिल्लाको साथफेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायतका गाउँमा अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरको छ ।

बैंकले सहयोगस्वरुप बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायतखाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो ।

राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेलले एक कार्यक्रमकाबिच हस्तान्तरण गरेका छन् । सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राहत सामग्री हस्तान्तरण क्रार्यक्रममा संचालक प्याकुरेलले जनधनको धेरै क्षतिपुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफुले पाएको उल्लेख गर्दै एनआईसी एशिया बैंकले गरेको यो सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल राहत पुग्ने विश्वास बैंकले लिएको जानकारी गराए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै