• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौंमा युवा वैज्ञानिक सम्मेलन आयोजना हुने

kharibot

काठमाडौँ । नयाँ बर्ष २०७६ को आगमन संगै बैशाख १० र ११ गते प्रदेश नं ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंमा एक राष्ट्रिय युवा बैज्ञानीक सम्मेलनको आयोजना हुँदैछ ।

त्रिभुवन विश्वबिद्यालय, बिज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाश्ट) को सहकार्यमा आयोजना हुने उक्त दुई दिने कार्यक्रमको मुख्य नारा "समृद्धिका लागि विज्ञान तथा प्रविधि: नवप्रबर्तन र उद्धमशिलताको लागि युवा सशक्तिकरण" रहेको छ ।

देशभरबाट छनिएका बिज्ञान तथा प्रविधिको बिभिन्न बिधामा अनुसन्धानरत ४० बर्ष सम्मका युवा बैज्ञानीक तथा सिर्जनशिल नवप्रबर्तकहरुकोबिचमानिबन्ध लेखन, कलाकारीता तथा पोष्टर प्रदर्शनी र अनुसन्धान पत्र प्रस्तुतीकरणको प्रतियोगिता हुनेछ ।

यसप्रतियोगितामा उत्कृष्ट हुने युबा बैज्ञानीकहरुलाई कदर-पत्र, पदक तथा नगद पुरस्कार द्वारा सम्मानित गरिने छ । सम्मेलनमा प्रस्तुत भएका मध्ये दुइटा उत्कृष्ट रिसर्च आईडियालाई राष्ट्रिय आबिस्कार केन्द्रको सहकार्यमा रिकाश्टमा थप अन्वेषणगर्न तथा उद्योगमा रुपन्तरण गर्नको लागि रु. दुई लाख सम्मको कोष पनि खडा गरिएको छ ।

बैज्ञानिक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीहरूका साथै विश्वविद्यालय स्तरका युवा शोधकर्ताहरू र विज्ञान, प्रविधि र इनोभेसनका बिभिन्न गतिविधिहरूमा लागि परेका सिर्जनशिल तथा स्वप्नशिल युबाहरुको प्रतिभालाई देशको समृद्धिको सपनासंग जोड्नु यो सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

सम्मेलनले विशेषत: प्रदेश ३ का युवा वैज्ञानिकहरुको अभिलाषा तथा अनुसन्धान, नव-प्रवर्तन तथा उद्धमशिलताको लागि बिद्यमान सम्भाबनाहरुको पहिचान गर्ने अपेक्षा गरिएको छ।

साथै यो सम्मेलनले युवा बैज्ञानीकहरुको बिचमा अनुशासन, भाईचारा, एकता र अन्तर्बिषयक सहकार्यलाई प्रबर्धन गर्ने आशा राखिएको छ । यस कार्यकमले बिज्ञान, प्रविधी र उद्धमशिलताको क्षेत्रमा भावी योजना तथा नीति-नियम तर्जुमा गर्न दिशानिर्देश गर्ने समेत अपेक्षा गरिएको छ ।

देशको परम्परागत ज्ञान तथा प्रविधी एबं सामाजिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान गर्दै युवाहरुको सपना र आकांक्षालाई देशको उन्नतिसँग जोड्ने भावनालाई समेट्दै उक्त सन्दर्भमा एक राष्ट्रिय निबन्ध प्रतियोगिताको पनि आयोजना गरिने भएको छ ।

नेपाल बिज्ञान शिक्षक समाजको संयोजकत्वमा प्रायोजित "समृद्धिको लागि नव-प्रवर्तन तथा उद्धमशिलता (Innovation and Entrepreneurship forProsperity)" बिषयक निबन्ध प्रतियोगितामा देशभरबाट २० बर्ष सम्मका युवा बैज्ञानीकहरुले प्रतिस्पर्धा गर्नेछन । नेपाली वा अंग्रेजी भाषामा १००० शब्द सम्म को निबन्ध २०७५ चैत्र मसान्त सम्म आयोजक समक्ष पुग्नु पर्ने जनाईएको छ । प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुमध्ये माध्यमिक र उच्च माध्यमिक गरी दुई समुहमा ३-३ जनालाई प्रमाण-पत्र, नगद पुरस्कार तथा पदक प्रदान गरिनेछ ।

कार्यक्रम सम्बन्धी विस्तृत जानकारी वेबपेज www.nysc2019.org बाट तथा टेलिफोन ( पवन कुमार झा ९८४१३०३२३०/ रघुराम पराजुली) र ई-मेल ([email protected]) बाट प्राप्त गर्न सकिनेछ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै