• २०८१ बैशाख ८ शनिबार

दक्षिण कोरिया र अमेरिकाले सुरु गर्यो संसारको पहिलो व्यवसायिक ५ जी सेवा

kharibot

दक्षिण कोरिया र अमेरिकाले यही हप्ता संसारको पहिलो व्यवसायिक ५ जी सेवाको सुरुवात गरेका छन् । दक्षिण कोरियामा मोबाइल सेवा प्रदान गर्ने तीन कम्पनी र अमेरिकाको सिकागो शहरको केही हिस्सामा यो सेवा सुरु गरिएको छ ।

दक्षिण कोरियाको कम्पनी सामसुङका अनुसार ग्यालेक्सी एस १० मा भएको ५ जी नेटवर्कले अहिलेको फोनको तुलनामा २० गुणा बढी स्पिड दिने छ । अहिलेका लागि थुप्रै देशहरूले भविष्यको प्रविधि मानिएको ५ जी नेटवर्क निर्माणको लागि प्रतिस्पर्धा गरिरहेका छन् जसलाई चालकविहीन कारहरूमा उपयोग गर्न सकिनेछ ।

५ जी मोबाइल इन्टरनेट कनेक्टिभिटी प्रविधिको पाँचौ पिढी हो जसका कारणले प्रयोगकर्ताले अत्यधिक गति भएको इन्टरनेट सुविधा उपभोग गर्नेछन् । यसमा अहिलेको भन्दा बढी व्यापक कभरेज र स्थिर नेटवर्क पनि उपलब्ध हुनेछ ।

विश्लेषकहरूका अनुसार ४ जीबाट ५ जीमा जानु निकै ठूलो प्राविधिक फड्को हुनेछ । १ जी नेटवर्कले आवाजलाई सक्षम बनाएको थियो भने, २ जीले टेक्स्टलाई, ३ जीले तस्विरलाई र ४ जीले भिडियो प्रसारणलाई सक्षम बनाएको थियो ।  ४ जी देखी ५ जीको छलांग भनेको पूरा नेटवर्कमा विशाल डाटाको ट्रान्सफर गर्नुरहेको बताइएको छ ।

त्यसैगरी ५ जीमा धेरैभन्दा धेरै उपकरणहरू तेज गतिका साथ् नेटवर्कमा जोडिन सक्नेछन् । ४ जी भन्दा ५ जी नेटवर्कको स्पीड १० गुणा बढी रहेको जनाईन्छ । तर सामसुङले भने आफ्नो ५ जी फोन ४ जी भन्दा २० गुणा बढी तेज भएको दाबी गरेको छ ।

५ जीले उच्च गुणस्तरको प्रसारणलाई सक्षम बनाउँदै लाईभ स्पोर्ट्स र क्लाउड गेमिंगमा रुची राख्ने प्रयोगकर्तालाई उत्कृष्ट सुविधा प्रदान गर्नेछ । त्यसैगरी यसमा म्यापिंग एप्स, अनलाईन शपिंग, चालकविहीन सवारीसाधन, लामो दूरीको सर्जरी र होलोग्राफिक भिडियो कल जस्ता सुविधालाई थप गुणस्तरीय बनाउनेछ ।

संसारका थुप्रै ठाउँमा ५ जीको परिक्षण केही समय अघिदेखि नै  भइरहेको भए पनि यसको व्यवसायिक उपयोग भने अहिले बल्ल सुरु भएको छ । यो हप्ता दक्षिण कोरियाका तीन शीर्ष मोबाइल सेवा प्रदायक कम्पनीले ५ जी सेवा सुरु गरेका छन् ।

त्यसैगरी अमेरिकाको टेल्को वेरिजोनले पनि दुई सहरमा यो सेवाको सुरुवात गरेका छन् । सामसुङले यसलाई एक नयाँ युगको शुरुवात भनेको छ जहाँ अविश्वसनीय स्पीड र ५ जी कनेक्टिविटी वास्तविकतामा बदलिएको छ ।

अहिले ५ जी प्रविधिको बहसमा सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाइएको छ जसमा संसारको सबैभन्दा ठूलो टेलिकम सामग्री निर्माण गर्ने कम्पनी हुवावेको नाम अगाडि आउने गर्दछ । अमेरिका लगायत थुप्रै पश्चिमी मुलुकहरूले हुवावेले ५ जी प्रविधिको प्रयोग जासुसीका लागि गर्ने आरोप लगाउने गरेका छन् । अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डले आफ्ना स्थानीय कम्पनीहरूलाई ५ जीको लागि हुवावेका उपकरणको प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।

सैद्धान्तिकरुपमा उच्च स्तरको संचारप्रविधिमा नियन्त्रण भनेको हुवावेले जासुसी र संचारमाध्यमलाई बाधा पुर्याउने क्षमता हाँसिल गरेको छ । र अझ स्वचालित गाडी, घरेलु उपकरण र इन्टरनेटसँग जोडीपछि त यो समस्या झनै खतरनाक र जटिल हुनेछ ।

(बीबीसी हिन्दीबाट भावानुवाद)

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै