• २०८१ बैशाख ८ शनिबार

‘मुन–मिसन’मा अमेरिकाले किन उद्योग क्षेत्रलाई साझेदार बनाउँदै छ ?

kharibot

अमेरिकी उपराष्ट्रपति पेन्स (दायाँबाट दोस्रो), अन्य अधिकारीहरुसँग चान्टियल्लीको नेशनल एयर एण्ड स्पेस म्युजियमको उडभार हेजी सेन्टरमा आयोजित नेशनल स्पेस काउन्सिलको बैठकमा । तस्बिर : रोयटर्स

अमेरिका । पुनर्जीवन पाएको नेशनल स्पेस काउन्सिलको पहिलो मिटिङमा उपराष्ट्रपति माइक पेन्सले गत बिहीबार पुनः चन्द्रमामा अवतरण गर्ने र त्यसलाई मंगलग्रहसम्म पुग्ने आधार बनाउन सकिने बताए । अन्तरिक्षमा मानव पहुँचको हिसाबले नेतृत्वदायी भूमिकाका लागि अमेरिका तयार हुनुपर्ने भन्दै उनले उक्त कुरा बताएका हुन् ।

यद्यपि उपराष्ट्रपति पेन्सले कुनै विशेष समयसीमा भने तोकेनन् । धेरै प्रमुख अन्तरिक्ष कम्पनीका कार्यकारी प्रमुख र अन्य क्याबिनेट सदस्यहरुको समूहसँग बोल्नुअगाडि पेन्सले चन्द्रमामा पुनः पुगेर अध्ययन अनुसन्धान गर्नु अन्तरिक्ष अनुसन्धानका लागि पनि कोशेढुंगा साबित हुने र त्यो नै अन्य ग्रहसम्म पुग्ने आधारभूमि हुनसक्ने बताए ।

काउन्सिलको बैठकमा पेन्सले आविष्कार र अनुसन्धानलाई नवीकरण गर्दै अन्तरिक्षबारे अमेरिकाको नीतिलाई मद्दत गर्ने गरी अघि बढ्नुपर्ने बताए । चीन र रसियाले विकास गरेको जामिंग र ह्याकिंग सामथ्र्यले अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती दिनसक्ने भएकाले यी सबै कुरालाई ध्यानमा राखेर अन्तरिक्ष अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उपराष्ट्रपति पेन्सको उक्त जोडबल र नासा प्रमुखमा सिफारिस गरिएकाले समेत चन्द्रमातिरै ध्यान दिनुले ओबामा प्रशासनको योजना उल्टिने देखिएको छ । सन् २०१० मा पूर्वराष्ट्रपति ओबामाले चन्द्रमामा पाइला टेकिसकेको भन्दै आस्टेरोइड र मंगलग्रहमा पुग्ने गरी ध्यान दिन नासालाई आग्रह गरेका थिए ।

पेन्सको चन्द्रमामा पुग्ने आग्रह ट्रम्प प्रशासनको सबैभन्दा धेरै छलफल गरिएको विषयको आधिकारिक धारणा समेत हो । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को प्रमुखमा सिफारिस गरिएका जिम ब्रिडेनस्टाइनले समेत यही कुरालाई जोड दिँदै आएका छन् । नासाले समेत विभिन्न अन्तरिक्ष उद्योगहरुबाट चन्द्रमाको सतहमा कार्गोसहित अवतरण गराउने यान आविष्कारको लागि अर्को वर्षसम्म प्रस्ताव माग्ने बताएको छ ।

उपराष्ट्रपति पेन्सको उक्त जोडबल र नासा प्रमुखमा सिफारिस गरिएकाले समेत चन्द्रमातिरै ध्यान दिनुले ओबामा प्रशासनको योजना उल्टिने देखिएको छ । सन् २०१० मा पूर्वराष्ट्रपति ओबामाले चन्द्रमामा पाइला टेकिसकेको भन्दै आस्टेरोइड र मंगलग्रहमा पुग्ने गरी ध्यान दिन नासालाई आग्रह गरेका थिए ।

नेशनल एयर एण्ड स्पेस म्युजिएमको उडभार हेजी सेन्टरमा यसबारे स्पष्ट पार्दै अमेरिकी उपराष्ट्रपति पेन्सले सबैसँग मिलेर उक्त लक्ष्य पूरा गरिछाड्ने बताए । धेरै प्रमुख व्यावसायिक व्यक्तिहरुले ट्रम्प प्रशासनसँग धेरै मुद्दामा असहमति राख्दै आएका भए पनि गत बिहीबार भने बोइंग, लकहिड मार्टिन, स्पेसएक्स, ब्लु ओरिजिन र अर्बिटल एटीकेजस्ता स्पेस र एरोस्पेसका थुप्रै प्रमुख कार्यकारीहरुले ट्रम्प प्रशासनसँग हातमा हात मिलाएर लक्ष्यका लागि काम गर्न लालायित रहेको बताएका थिए ।  

उक्त अवसरमा स्पेस एक्सका प्रमुख ग्वाइने शटवेलले गरेर देखाउने बेला आएको बताउँदै चन्द्रमामा स्थायी उपस्थिति बनाउने र मंगलग्रहमा पाउ राख्ने लक्ष्य असम्भव नभएको बताए । ट्रम्प प्रशासनले अगष्टसम्म जिम ब्राइडेनस्टाइनलाई सिफारिस गर्न सकेको थिएन भने अझै पनि उनको नियुक्ति निश्चित छैन । किनभने सिनेटले निश्चित गर्न बाँकी नै छ तर पेन्सले भने फ्लोरिडाको केन्नेडी स्पेस सेन्टर र टेक्सासमा रहेको जोनसन स्पेस सेन्टरको भ्रमण गर्दै अन्तरिक्षमा विशेष रुचि देखाएका हुन् ।

२५ वर्षसम्म निष्क्रियप्रायः रहेर पुनर्जीवन पाएको काउन्सिलले अमेरिकालाई आकाशमा पनि नेतृत्व गर्न सक्षम राख्ने पेन्सको भनाइ थियो । काउन्सिल आइसेनावर प्रशासनले पहिलोचोटि गठन गरेको थियो भने यसमा विभिन्न मन्त्रालयका सचिवहरु र नासासँग आबद्ध अधिकारीहरु आबद्ध हुन्छन् । जर्ज वासिंगटन युनिभर्सिटीमा स्पेस पोलिसी इन्स्टिच्युटका निर्देशक समेत रहिसकेका अन्तरिक्ष इतिहासवेत्ता जोन लग्सडनले काउन्सिलप्रति आफू आशावादी रहेको बताए । तर व्यावसायिक क्षेत्रप्रति निर्भर हुँदा धेरै समस्या निम्तिनसक्ने समेत सूचित गरे ।

अन्तरिक्ष अन्वेषणमा रुससँग सहकार्य गर्नुपरेकोमा पछूतो मान्दै गत बुधबारको वाल स्ट्रिट जर्नलमा पेन्सले अमेरिकाको अन्तरिक्ष अनुसन्धानमा पुनः लाग्नुपर्नेमा जोड दिएका थिए । ६ वर्षयता अन्तरिक्षमा मानव उडेको छैन भने नासाले यस क्रममा अनुसन्धानहरु भने तीव्र पारेको छ । शनिमा क्यासिनी पुग्नु यसकै उदाहरण हो । पेन्सले बिहीबार बिहान यसो भनिरहँदा अन्तरिक्षमा दुई अमेरिकी अन्तरिक्षयात्रीहरु रेन्डी ब्रेसनिक र मार्क भाण्डे हेई अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा हिँडिरहेका थिए ।

युद्धका बेला स्पेसको मुख्य भूमिका हुनेमा कंग्रेसको समेत ध्यान गएको छ भने हाउसले स्पेस कप्र्स (फौज) गठनको प्रस्ताव नै गरेको छ । यदि यो गठन भयो भने सन् १९४७ मा गठन गरिएको एयरफोर्सजस्तै पहिलो नयाँ सैन्य ढाँचा हुनेछ ।

 

युद्धका बेला स्पेसको मुख्य भूमिका हुनेमा कंग्रेसको समेत ध्यान गएको छ भने हाउसले स्पेस कप्र्स (फौज) गठनको प्रस्ताव नै गरेको छ । यदि यो गठन भयो भने सन् १९४७ मा गठन गरिएको एयरफोर्सजस्तै पहिलो नयाँ सैन्य ढाँचा हुनेछ । २०११ मा अमेरिकी अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेसनसम्म लाने र ल्याउने अन्तरिक्ष यानको आयु सकिएपछि अमेरिकाले अहिले लाखौँ डलर खर्चेर नासाका अन्तरिक्षयात्रीलाई रुसको सहयोगमा अन्तरिक्षसम्म पुर्याउने काम गरिरहेको छ ।

अहिले बोइंग र स्पेस एक्सले नासासँग अन्तरिक्षसम्म पुर्याउनसकिने स्पेसक्राफ्ट निर्माणको लागि सम्झौता गरेका छन् । पेन्सका अनुसार पृथ्वीको तल्लो अर्बिटमा अमेरिकाले विगत ४५ वर्षयता आफ्ना अन्तरिक्षयात्री पठाएको छैन ।

नोट : वासिंगटन पोष्टमा गत बिहीबार प्रकाशित यो समाचारको भावानुवाद गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै