• २०८१ बैशाख ७ शुक्रबार

जाजरकोट र डोल्पामा काम नगर्ने निर्माण व्यवयासी कारवाहीमा

kharibot

जाजरकोट । जाजरकोट र डोल्पामा विकास निर्माणका काम लिएको वर्षो बिते पनि काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही शुरु गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले तोकिएको समयभित्र स्वास्थ्य चौकी निर्माण नगर्ने कम्पनीमाथि कारवाही थालेको छ ।

सो एकाइले त्यस्ता निर्माण व्यवसायीलाई जमानत जफत गरी कारवाही गर्न सूचना नै जारी गरेको छ । सूचनामा उल्लेख गरेअनुसार जाजरकोट र डोल्पामा मात्र आठ स्वास्थ्य चौकी निर्माण नगरी बीचमै छाडेको देखिएकाले कारवाहीको लागि पहल शुरु गरिएको छ । आठ वर्षसम्म ताकेता गर्दा पनि निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवासायीको ठेक्का तोड्दा स्थानीयहरु खुसी भएका छन् ।

जाजरकोट अस्पतालको भवन निर्माणको काम बीचमै छाड्दा विशेषज्ञ सेवा प्रवाह गर्न समस्या हुँदै आएको छ । त्यस्तै दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्था निर्माण नगर्दा दैनिक भाडामा रहेका जीर्ण घरमा काम गर्दा वर्षेनी लाखौँ रकम भाडा स्वरुप खर्च हुनुका साथै प्रभावकारी स्वास्थ्य सेवा दिन नसक्दा आलोचना मात्र हुने गरेको छ ।

कर्णाली प्रदेश सरकारले अस्पतालमा सेवा प्रवाहमा समस्या भएको भन्दै रु ५० लाख रकम दिएर भवण निर्माणका लागि कार्य अगाडि बढाएको अस्पतालका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् । उक्त सूचनामा दुबै जिल्लामा स्वास्थ्य संस्था निर्माण तथा जिल्ला अस्पताल निर्माणमा ढिलाइ भएको जनाइएको छ । तोकिएको समयमा काम नगर्ने र पटक पटक तोकता गर्दा पनि काम नगर्ने मैनाचुली÷सुरुची जेभी सब कन्ट्रयाक्टर मजदुर कन्सट्रक्सन सुर्खेतले लामो समयदेखि स्वास्थ्य चौकीको प्रसूती गृह निर्माण नगर्दा दैनिक सेवा प्रवाहमा समस्या देखिएको छ ।

फ्राइन्डस् कन्स्ट्रक्सन प्रालि कोटश्वर–३५, काठमाडौँले मजकोट, बडकुलेस्थित स्वास्थ्य चौकी भवनको काम नगरेको भन्दै कारवाही थालिएको छ । सो कन्स्ट्रक्सनले जाजरकोट अस्पतालको विइओसी भवन निर्माण कार्यबीच मै छोड्दा वर्षाैदेखि समस्या पारेको हो । कुशे गाउँपालिकाको घरंगामा रहेको स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न नगर्ने लोहनी एन्ड ब्रदर्शरएमपी कन्सट्रक्सन जेभी  नौबस्ता–८ बाँके पनि कारवाहीको सिफारिसमा परेको छ ।

डोल्पाको वनठाडाँ लावनमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण नगर्ने एटल सर थोदुंङर खड्का कृष्ण जेभी, काठमाडाँै कारवाहीको सिफारिसमा परेको छ । त्यस्तै साल्दाङ्ग स्वास्थ्य चौकी डोल्पाको भवण अलपत्र पार्ने थोदुङ्ग कन्सट्रक्सन प्रालि अनामगर, काठमाडौँ, भिजेर स्वास्थ्य चौकी डोल्पाको भवन निर्माण नगरी अलपत्र पार्ने सिद्धि साइरद क्याराभान जेभी, काठमाडौँ  र  तिन्जे स्वास्थ्य चौकी डोल्पाको स्वास्थ्य चौकीको भवन अलपत्र पार्ने गाल्वा र खड्का कृष्ण जेभी, काठमाडौँ कारवाहीको सिफारिसमा परेका छन् ।

निर्माण व्यवसायीले भवण ठेक्कामा लिने तर काम नगरी बीचमै छाड्ने कार्यले गर्दा हजारौँ जनताले सेवा पाउनबाट बञ्चित हुनुपरेको छ । सङ्घीय अयोजना कार्यान्वय एकाइले पत्रिकामा सूचना निकालेर गत माघ ४ गते १५ दिने सूचना प्रकाशन गरेर निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेकाले निर्माण व्यवसायीहरु कारवाहीमा परेका हुन् ।

पटक पटक आग्रह गर्दा पनि अटेर तथा चासो नदेखाइएकाले सार्वजनिक खरीद एने २०६३ तथा सार्वजनिक खरीद नियमावली २०६४ र ठेक्का सम्झौतामा प्रावधान भए बमोजिम सम्झौता तोडी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन तथा अग्रिम भुक्तानी जमानत धरौटी रकम जफत गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च र निर्माणस्थल सुरक्षामा लाग्ने खर्चसमेत सरकारी बाँकी मानी असुल उपर गरिने सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै