• २०८१ बैशाख ८ शनिबार

टी-२० क्रिकेटमा सन्दीपको ५० विकेट, बैंगलोरविरुद्ध महँगो साबित

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने रियल च्यालेन्जर्स बैंगलोरविरुद्ध महँगो साबित भएका छन् ।

सन्दीपले आफ्नो ४ ओभरको स्पेलमा ४६ रन दिएर एक विकेट लिएका छन् ।

सन्दीपले पहिलो ओभरमा १० रन दिएका थिए भने दोस्रो ओभरमा ६ रन दिएका थिए । त्यस्तै तेस्रो ओभरमा सन्दीपले ११ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले ३२ रन बनाएर खेलिरहेका मोइन अलीलाई आउट गरेका थिए । त्यस्तै सन्दीपले चौथो ओभरमा १९ रन दिएका थिए ।

सन्दीपको चौथो ओभरमा विराट कोहलीले २ छक्का प्रहार गरेका थिए ।

योसँगै सन्दीपले प्रतियोगितामा अहिलेसम्म ४ खेलमा ५ विकेट लिएका छन् । सन्दीपले टी-२० क्रिकेटमा ५० विकेट पनि पुरा गरेका छन् । सन्दीपले ४० खेल खेल्दै टी-२० क्रिकेटमा ५० विकेट लिएका हुन् । टी-२ क्रिकेटमा सन्दीपको औसत १९.४६ छ भने इकोनोमी ६.८४ रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै