विवेकशीलका दुई सांसद नहटाउन सर्वोच्चको अन्तरकालीन आदेश

खरीबोट

काठमाडौं । विवेकशील साझा पार्टीले गरेको प्रदेश ३ का दुई सांसद रमेश पौड्याल र विराजभक्त श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगन सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको छ ।

पार्टीको पुस २८ गतेको निर्णय भनी प्रदेशसभा सचिवालयमा चैत १० गते गरेको पत्राचार कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिएको हो । विवेकशील साझाको उक्त निर्णयविरुद्ध प्रतिषेधलगायत अन्य उपयुक्त आदेश माग गर्दै विवेकशील नेपाली दलले सर्वोच्चमा रिट दायर गरेकोको थियो ।

आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले यस विषयमा छलफल गर्न चैत २७ गते छलफलका लागि सबै विपक्षीलाई पनि झिकाउने आदेश दिएको छ ।

विवेकीशील साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएपछि विवेकशील साझा पार्टीले प्रदेशसभा ३ का दुई सांसदलाई कारबाहीको निर्णय गरेको थियो ।

विवेकशील साझा पार्टी फुट्दा प्रदेशसभा ३ का यी दुई सांसद विवेकशील नेपाली दलतिर आवद्ध भएका थिए । तर विवेकशील नेपाली दलले भने आफूहरुले दल त्याग गरेको नभई छुट्टै नयाँ दल बनाएको दावी गर्दै आएको छ ।

विवेकशील नेपाली दल दर्ता गर्न निर्वाचन आयोगले अश्विकार गरेपछि सो सम्बन्धि मुद्धा पनि सर्वोच्चले यही चैत्र १४ गते विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । 

सम्बन्धित समाचार

विवेकशीलको केन्द्रीय पदाधिकारीमा महिला प्रतिनिधत्व ५० प्रतिशित हुने निश्चित

काठमाडौं । विवेकशील नेपाली दलको रोल्पाको सदरमुकाम लिवाङमा तीन दिनसम्म चलेको नीति सम्मेलनले ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।  सो सम्मेलनले विवेकशील नेपालीको संघीय (केन्द्रीय) समितिका (अध्यक्ष उपाध्यक्ष) मध्ये

विवेकशील नेपालीको राष्ट्रिय नीति सम्मेलन रोल्पामा सुरु 

काठमाडौँ । विवेकशील नेपालीको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा आज असार १३ गते सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनले पार्टीको विधान, नीति पारित गर्दै आगामी रणनीति तय

गुठी विधेयकप्रति विवेकशील नेपाली दलको आपत्ति

काठमाडौँ । विवेकशील नेपाली दलले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकको विरोध गरेको छ । विवेकशीलले एक विज्ञप्ति प्रकाशित गर्दै गुठीलाई स्वायत्त, समुदायमुखी र पारदर्शी बनाउनुको साटो राष्ट्रिय पहिचानहरूलाई नै धराशायी बनाउन

प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्नुस् : साझा विवेकशील

ललितपुर । साझा विवेकशील पार्टीले प्रस्तावित मिडिया काउन्सिल विधेयकका विषयमा उठेको प्रश्नका बारेमा सरोकारवाला पक्षसँग गहन छलफल गर्न सरकारलाई सुझाव दिएको छ । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार


z