• २०८१ बैशाख ११ मंगलबार

वाटफोर्ड एफए कपको फाइनलमा

kharibot

काठमाडौँ । वाटफोर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा वाटफोर्डले वोल्भरहम्पटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त ३० मिनेट खेलिएको थियो । अतिरिक्त समयमा वाटफोर्डका लागि जेरार्ड डिउलोफिउले निर्णायक गोल गरेका थिए । उनले खेलको १०४ मिनेटमा गोल गर्दै वाटफोर्डलाई प्रतियोगिताको फाइनलमा पुर्याएका थिए ।

यसअघि ९० मिनेटको खेलमा वाटफोर्डका लागि जेरार्ड डिउलोफिउ र ट्रोय डीनीले एक एक गोल गरेका थिए । त्यस्तै वाल्भरहम्पटनका लागि माट डोहर्टी र राउल जिमेनेजले एक एक गोल गरेका थिए ।

वाटफोर्डले अब प्रतियोगिताको फाइनल खेल आगामी मे १८ मा म्यानचेस्टर सिटी सँग खेल्ने छ ।

वाटफोर्ड सन् १९८४ पछि पहिलो पटक एफए कपको फाइनलमा पुगेको छ भने वोल्भरहम्पटन अहिलेसम्म ५ पटक सेमिफाइनलबाट बाहिरएको छ ।    
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै