• २०८१ बैशाख ४ मंगलबार

मुक्तिनाथ विकास बैंक र एनबिआईबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा एनबिआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपप्सको संरचना  र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई  एनबिआई मोबाइल एप बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।

साथै बैंकले एनबिआई एप मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउने छ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ । 

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय संचालनबारे जागरुकता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्सको प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै