• २०८१ बैशाख ७ शुक्रबार

छनौट खेलका लागि यू-१९ नेपाली क्रिकेट टिमको यस्तो तयारी (फोटो फिचर)

kharibot

काठमाडौँ । आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर खेल्न मलेसिया पुगेको नेपाली यू-१९ टिमले अहिले अभ्यासमा व्यस्त रहेको छ । 

नेपाली टिमले मलेसियामा नेपाली यू-१९ टिमले अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर प्रतियोगिता अन्तर्गत आगामी अप्रिल १२ मा सिंगापुरसँग पहिलो खेल खेल्दै छ । 

त्यस्तै दोस्रो खेल  अप्रिल १३ मा युएईविरुद्ध खेल्ने छ । त्यस्तै अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग खेल्ने छ भने अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ । 

छनौट प्रतियोगिताको विजयी टिम एशिया क्षेत्रबाट विश्वकपका लागि छनौट हुने छ । 

जनवरी-फेब्रुअरी, २०२० मा दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकपका लागि आइसीसीको वरियता अनुसार भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया, न्यूजील्याण्ड, इङल्याण्ड, वेस्टइन्डिज, अफगानिस्तान, जिम्बाबे र आयोजक दक्षिण अफ्रीकास्सहित ११ टिम सिधै छनौट भएका छन् । त्यस्तै ५ क्वालिफायर क्षेत्रबाट एक एक देश गरि कुल १६ देशले भाग लिने छन् । अफ्रीका क्षेत्रबाट नाइजेरिया यू-१९ विश्वकपका लागि छनौट भइसकेको छ भने अब एशिया, अमेरिका, युरोप र इस्ट एशिया प्यासिफिक गरि ४ क्षेत्र् बाट एक एक देश छनौट हुने छन् ।     

मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम छानिएको छ ।

यू-१९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र  सुर्य तामाङ रहेका छन् ।

त्यस्तै रिजर्भ खेलाडीमा आकास चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल रहेका छन् । 

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् । 

नेपाली यू-१९ क्रिकेट टिमको मलेसियामा अभ्यास गर्दै तस्बीरमा :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै