• २०८१ बैशाख १२ बुधबार

जाजरकोट –डोल्पा सडक खण्डमा जीप दुर्घटना हुँदा एकको मृत्यु 

kharibot

जाजरकोट । जाजरकोट – डोल्पा सडक खण्डअन्तर्गत नलगाड नगरपालिका – ९ दारिमपाटामा जीप दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन्  । 

तल्लु बगरबाट दल्लीतर्फ आइरहेको ग १ ज ५८१२ नम्बरको जीप  दुर्घटना हुँदा भेरी नदीमा खसेको थियो ।  करीब ३० देखि ४० मिटर तल  जीप खस्दा रुकुम आठबीसका नगरपालिका– ११ का चार वर्षीय विवेक नेपालीको मृत्यु भएको तथा उनकी २३ वर्षीया  आमा लक्ष्मी घाइते भएको प्रहरीले जनाएको छ ।  त्यस्तै नलगाड  – ९ का २२ वर्षीय राजेन्द्र  विक गम्भीर घाइते भएका छन् ।

अन्य घाइतेमा   नलगाड  –१० का तेजबहादुर विक, नलगाड – १ का  भरत परियार, नलगाड – ११ का १७ वर्षीय  दुर्गेश बानियाँ र   १६ वर्षीया  खिमा बानियाँ रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

दल्ली स्वास्थ्थ्यचौकीमा उपचार हुन नसकेपछि घाइतेको थप उपचार गर्न जाजरकोट अस्पतालमा ल्याइएको प्रजिअ बस्नेतले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै