• २०८१ बैशाख १३ बिहीबार

भारतको छात्तिसगढ़मा नक्सली हमलामा विधायकसहित ५ जनाको मृत्यु 

kharibot

तस्बीर : एएनआई

काठमाडौँ  । भारतको छात्तिसगढ़ राज्यमा लोकसभा निर्वाचनको पुर्वसन्ध्यामा भएको नक्सली आक्रमणमा भारतीय जनता पार्टीका विधायकसहित ५ जनाको मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार नक्सलीले सुरुंग बम विष्फोट गराएर बिधायक भीमा मंडावीको मृत्यु भएको जनाएको छ । सो आक्रमणमा चार जना सुरक्षाकर्मिको समेत मृत्यु भएको छ । बिधायक भीम एक गाउमा चुनावी सभालाई सम्बोधन गरेर फर्किने क्रममा सो आक्रमण भएको बताइएको छ ।

सडकमा बिछाइएको विष्फोटक विष्फोट हुदा उनको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो । बिधायक भीमाको घटनास्थल मै मृत्यु भएको बताइएको छ । उनको सुरक्षामा तैनाथ चार सुरक्षाकर्मिको समेत यस घटनामा मृत्यु भएको छ । यस क्षेत्रमा यहि अप्रिल ११ मा लोकसभा मतदान हुदै छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै