• २०८१ बैशाख ८ शनिबार

यस आइपिएलमा बने असम्भव लाग्ने यी सात रेकर्ड !

kharibot

काठमाडौँ । जारी आइपिएल टी-२० क्रिकेट प्रतियोगितामा अहिलेसम्म २३ खेल खेलिसकिएको छ । यसक्रममा कैयौ रेकर्ड बनेका छन् भने कैयौका रेकर्ड तोडिएका छन् । यस आइपिएलमा अहिलेसम्म कै उत्कृष्ट बलिंग, कम उमेरमा ह्याट्रिक, दुवै ओपनरका शतक, ओपनरको रेकर्ड शतकीय साझेदारीजस्ता रेकर्ड बनेका छन् । 

यस रिपोर्टमा यस आइपिएलमा बनेका ७ रेकर्ड जो छिट्टै तोड्न निकै मुश्किल हुने देखिन्छ ।

१.    अहिलेसम्म कै उत्कृष्ट बलिङ :

यस आइपिएलमा मुम्बई इन्डियन्सबाट खेलिरहेका वेस्टइन्डिजका तिब्रगतिका बलर अल्जारी जोसेफले सनराइजर्स हैदरावादविरुद्ध ३.४ ओभरमा १२ रन दिएर ६ विकेट लिदै आइपिएलको इतिहास कै उत्कृष्ट बलिङ स्पेल गरेका छन् । जोसेपले पहिलो आइपिएलमा पाकिस्तानी खेलाडी सोहेल तनवीरले ४ ओभरमा १४ रन दिएर ६ विकेट लिएको रेकर्डलाई तोडेका छन् ।

२.    दुवै ओपनरको शतक :

आइपिएलको इतिहासमा सनराइजर्स हैदरावादका डेभिड वार्नर र जोनी बैरस्ट्रवले एकै खेलमा शतक बनाएर नयाँ रेकर्ड बनाएका छन् । वार्नर र बैरस्ट्रवले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा शतक बनाएका हुन् । वार्नरले ५५ बलमा सय रन बनाए भने बैरस्ट्रवले ५६ बलमा ११४ रन बनाएका थिए ।

३.    डेभ्यु ओभरमा धेरै रन :

आइपिएलमा आफ्नो डेभ्यु खेलको डेभ्यु ओभरमा किंग्स इलेभेन पंजावबाट खेलेका बरुण चक्रवर्तीले धेरै रन दिएर नयाँ रेकर्ड बनाएका छन् । बरुणले कोलकोता नाइटराइडर्सविरुद्ध सुनिल नारायणलाई बलिङ गर्दा नारायणले बरुणको पहिलो ओभरमा २५ रन बनाएपछि बरुण आइपिएलको डेभ्यु ओभरमा धेरै रन खाने बलर बनेका छन् । बरुणलाई पंजावले ८ करोड ४० लाखमा किनेको थियो ।

४.    कम उमेरमा आइपिएल डेभ्यु :

यस आइपिएलमा रोयल च्यालेनाजर्स बैंगलोरबाट प्रयास रे बर्मनले १६ बर्ष १५७ दिनको दिन आइपिएल खेल्दै कम उमेरमा आइपिएल खेल्ने नयाँ रेकर्ड बनाएका छन् । मार्च ३१ मा सनराइजर्स हैदरावादविरुद्ध खेल्दै बर्मनले यस अघि अफगानिस्तानका मुजीब उर रहमानले १७ बर्ष ११ दिनमा आइपिएल खेलेको रेकर्ड तोडेका छन् ।

५.    कम उमेरमा ह्याट्रिक :

किंग्स इलेभेन पंजावबाट आइपिएल खेलिरहेका इङल्याण्डका अलराउन्डर साम कुरानले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा २० बर्ष ३०२ दिनको दिन ह्याट्रिक लिएर कम उमेरमा ह्याट्रिक लिने खेलाडी बनेका छन् । पंजावले ७ करोड २० लाखमा किनेका कुरानले यसअघि सन् २००९ मा रोहित शर्माले २२ बर्षको उमेरमा लिएको ह्याट्रिकको रेकर्ड तोडेका हुन् ।

६.    डेभ्युमा बेस्ट बलिङ :

मुम्बई इण्डियन्सबाट आइपिएल खेलिरहेका वेस्टइन्डिजका बलर अल्जारी जोसेपले आफ्नो आइपिएल डेभ्युमा उत्कृष्ट बलिङ गरेर नयाँ रेकर्ड बनाएका छन् । जोसेपले आफ्नो डेभ्यु खेलमा ३.४ ओभरमा १२ रन दिएर ६ विकेट लिएका थिए । यसअघि डेभ्यु खेलमा अस्ट्रेलियाका एन्ड्रयु टायले २०१७ मा डेभ्यु गर्दै गुजरात लाइन्सविरुद्ध १७ रन दिएर ५ विकेट लिएका थिए ।

७.    ओपनरको लगातार तीन शतकीय साझेदारी :

यस आइपिएलमा सनराइजर्स हैदरावादका डेभिड वार्नर र जोनी बैरस्ट्रवले लगातार तीन खेलमा शतकीय साझेदारी गरेर आइपिएलमा नयाँ रेकर्ड बनाएका छन् । वार्नर र बैरस्ट्रवले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध १८५ रन, राजस्थान रोयल्सविरुद्ध ११० रन र कोलकोता नाइटराइडर्सविरुद्ध ११८ रनको तीन शतकीय साझेदारी गरेका छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै