• २०८१ बैशाख ८ शनिबार

नेटफ्लिक्सले हलिउडको चर्चित इजिप्सियन थिएटर किन्दै

kharibot

काठमाडौं । भिडियो स्ट्रिमिंग कम्पनी नेटफ्लिक्सले हलिउडको मुटुमा रहेको इजिप्सियन थिएटर किन्ने तयारी गरिरहेको डेडलाईन म्यागजिनले जनाएको छ ।

अहिले 'अमेरिकन सिनेमाथेक' नामको एक गैर-नाफामूलक कम्पनीको स्वामित्वमा रहेको उक्त सिनेमाघर नेटफ्लिक्सले करोडौँ डलर हालेर किन्न लागिरहेको जनाइएको छ । तर यसले गर्दा नेटफ्लिक्सले अब सिनेमाघर चलाउने क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गर्न नहुने बताइएको छ ।

लस एन्जल्समा रहेको इजिप्सियन थिएटरलाई नेटफ्लिक्सले चलचित्रको प्रिमियर र अन्य कार्यक्रमहरूका लागि प्रयोग गर्ने जनाइएको छ । तर नेटफ्लिक्सले आम मानिसका लागि भने टिकट बिक्री गर्ने छैन ।

पछिल्लो केही समयदेखि नेटफ्लिक्स र हलिउडका अरु सिनेमाघर सञ्चालक बीच मनमुटावको स्थिति रहेको छ । धेरै सिनेमाघर सञ्चालकहरू चलचित्र रिलिज भएको ९० दिनपछि मात्र चलचित्रलाई अन्य माध्यमहरूमा राखिनु पर्ने तर्क गर्छन् ।

तर नेटफ्लिक्सले भने चलचित्र रिलिज भएको दिनमै वा केही हप्तापछि चलचित्रलाई आफ्नो अनलाईन प्ल्याटफर्ममा राख्ने गरेको छ । त्यसैले नेटफ्लिक्सले हलिउडको पारम्परिक समुदाय आफूसँग नबिच्किउन् भनेर पनि यस नयाँ डीललाई महत्व दिएको बुझिएको छ ।

इजिप्सियन थिएटरले सन् १९२२ मा हलिउडको पहिलो चलचित्र प्रिमियरको आयोजना गरेको थियो । नेटफ्लिक्सले उक्त सिनेमाघर किनेपनि 'अमेरिकन सिनेमाथेक'ले हप्ताको अन्त्यमा अहिले जसरी चलचित्रहरू देखाउने कार्यक्रमलाई भने निरन्तरता दिने छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै