• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा सामान्य सुधार, जलविद्युतबाहेकका सबै समुहले कमाए

kharibot

काठमाडौ । नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ ।

अघिल्लो दिन घटेको नेप्से आज बुधबार तीन दसमलव ५२ अंकले बढेर ११ सय ८४ दसमलव ६१ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७३ अंकले बढेर दुई सय ५३ दसमलव ५८ बिन्दुमा चढेको छ ।

एक सय ६९ कम्पनीहरुको पाँच हजार नौ सय ७५ वटा कारोवारमा १६ लाख १२ हजार तीन सय ९६ कित्ता सेयर खरिद भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४१ करोड चार लाख ९४ हजार छ सय ३२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा जलबिद्युत समुहको सुचक पाँच दसमलव ४३ अंकले घटेपनि बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ९६ अंकले बढेर एक हजार ५१ दसमलव ५७ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक तीन दसमलव १४ अंकले बढेर १४ सय ७८ दसमलव ४१ बिन्दुमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि २४ दसमलव २३ अंकले बढेर पाँच हजार चार सय ३० दसमलव एक बिन्दुमा चढेको छ । यि बाहेक जीवन बीमा, होटल, फाईनान्स, उत्पादमुनक, अन्य र लघुबित्त समुहको सुचकपनि बढेकाछन  ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ सात पैसाले बढेर एक सय ४५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको उन्नती माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ५५ पैसाले घटेर ११ सय ४० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कुमारी बैंकको प्रतिकित्ता दुई सय ५९ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ५३ लाख ४० हजार नौ सय ३६ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै